CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बिरगंज यातायातमा ठुलो चलखेल प्रदेश सरकारलाई पैसा खुवाएर सरुवा रोक्का गर्दै

फेटा GP PSA
398
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १४ माघ बीरगंज 

 

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

भ्रष्टाचारमा सब भन्दा गिजाइएको ठाउँ अहिले बिरगंज यातायात व्यवस्था कार्यलय बन्दै गएको छ । सब भन्दा बढी घुसखोरी हुने ठाउको रुपमा बिरगंज यातायात ब्यवस्था कार्यालयलाई लिन सकिन्छ । यहाँ लाइसेन्स बनाउन नाम सारी गर्न लगायत अरु कामको लागि करोडौंको घुसखोरी हुँदै आएको छ ।

Karaiya Mai Notice Winter

अहिले यातायात व्यवस्था कार्यलयमा सरुवा भएर आउने कर्मचारीहरुले प्रदेश सरकारका मुख्य सचिव हुँदै मुख्यमन्त्री सम्मलाई मोठो रकम दिएर सरुवा गराएर आउने गरेको चर्च चारै तिर हुने गरेको छ। यसैको उधारण बनेका छन बिरगंज यातायात ब्यवस्था कार्यलय बिरगंज का छैटौं तहका कर्मचारी कबिन्द्र यादव। केबिन्द्र यादव तीन महिना पहिले बिरगंज यातायात कार्यलयबाट सरुवा भएको थियो भने उनले आफ्नो सरुवा रोक्नका लागि मुख्यमन्त्री कार्यलय जनकपुरका मुख्य सचिवलाई भेटी चढाइ आफ्नो सरुवा रोक्न सफल भएका छन ।

घुसखोरीमा सब भन्दा औवल मानिएका उनी आफ्नो सरुवा रोक्नका लागि लाखौं लाख खर्च गरेको चर्चा परिचर्चा हुँदै आएको छ । केबिन्द्र यादवको साथ साथै अहिले सहलेखापाल रघुनन्दन कुशवाहा,एकाउन्टेन्ट सुरेन्द्र यादव लगायतलाईको सरुवा भए पनि मोटो रकम बुझाएर बिरगंज यातायात कार्यलयमा नै डेरा जमाएर बसेका छन ।

भ्रष्टाचारमा लिप्त हुने गरेका यस्ता कर्मचारीहरु सरुवा भएर पनि अरु ठाउमा नगइकन बिरगंजमा नै बस्नु मोटो रकमको लेनदेन भएको गन्ध आउन थालिएको कर्मचारीहरु नै बताउछन । यातायात व्यवस्था कार्यालय वीरगंजका एक जना कर्मचारीका अनुसार नेपाल सरकार अन्तर्गत रहेका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको लापरवाहीकै कारण वीरगंजमा भ्रष्टाचारी मात्र आग्मन हुने गरेका छन,जसका कारण स्वच्छ वातावरणले काम गर्न नसकेको उनले बताए।

अहिले यिनिहरुले मोटरसाइकलको लाइसेन्स बनाए बापत अहिले १५ हजार सम्म घुस लिने गरिएको छ भने कारहरु को लाइसेन्स बनाउन २५ हजार सम्म घुस लिनेगरेको गरेको चारै तिर चर्चा हुने गरेको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश