CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मंत्री रिजालको प्रमुख अतिथ्यमा नेपाली कांग्रेस पर्साले पनी शहीद दिवस विभिन्न कार्यक्रम गरी मनाएकाे छ।

फेटा GP PSA
420
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १६ माघ बीरगंज 

पर्सा

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

सहिद दिवसको अवसरमा नेपाली काँग्रेसले वीरगन्जमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसले शहीदहरुकाे शालिकमा माल्यार्पण कार्यक्रम गरेर शहीद दिवस मनाएकाे हाे ।

वीरगन्जको गण्डक चाेकमा रहेकाे शहीद तेजबहादुर अमात्य र नारायणी अस्पतालमा रहेकाे शहीद थीरबम मल्लकाे शालिकमा आज कांग्रेसले माल्यार्पण कार्यक्रम गरि मनाएको छ ।

 

Karaiya Mai Notice Winter

माल्य अर्पण कार्यक्रम प्रमुख अतिथि रहेका संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले शहीदहरुकै बलिदानी र त्यागले देशमा प्रजातान्त्र , लाेकतन्त्र र गणतन्त्र प्राप्त भएकाे बताए । प्रजातान्त्र र लाेकतन्त्र रहे मात्र नागरिकले स्वतन्त्रता पुर्वक बाँच्न पाउने भएकाले लाेकतन्त्रलाई बचाउनु हरेक नागरिकको दायित्व भएको बताए ।अहिलेपनि लाेकतन्त्रमाथि प्रहारकाे प्रयास भईरहेकाले यसतर्फ सबै जना सजग हुनुपर्ने उनले बताए ।

 

त्यस्तै नेपाली कांग्रेस पर्सा का उपसभापति रामनारायण कुर्मी ले प्रजातन्त्र , बहुदल , मधेसका अधिकार र गणतन्त्र प्राप्तिका लागि भएका आन्दोलनमा सहादत दिएका सहिदको बलिदानी र त्यागकै कारण अहिले सम्मका राजनीतिक उपलब्धि हासिल भएको भन्दै यसलाई जोगाउन लोकतन्त्रवादीहरु सजग हुनुपर्ने बेला आएको पनि उनले बताए ।

 

त्यस्तै नेपाली कांग्रेस पर्सा का सचिव तथा बिरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले जनताको जीवनस्तर उकास्न गरिने सम्पूर्ण इमान्दार प्रयत्नहरुनै वास्तवमा शहीदहरुप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताए।

कांग्रेसका कार्यवाहक क्षेत्रीय सभापति अनिल सिंहकाे अध्यक्षता तथा मन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा कांग्रेस पर्साका सभापति तथा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, पूर्व सांसद अनिल रुंगटा, कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी लगायतका नेताकार्यकर्ताकाे सहभागीता रहेको थियाे।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश