

शैलेश गुप्ता २३ फाल्गुन पोखरिया
पर्सा
पोखरिया नगरपालिकाको वडा नम्बर ४ मा रहेको प्राचिन ऐतिहासिक शिव मन्दिरको माथिलो भागमा आज गुम्बज लगाइने पोखरिया नगरपालिकाको मेयर प्रद्युमन चौहानले अनुगमनको क्रममा बताएका हुन ।


यहि फाल्गुन २५ गते का दिन शिव रात्रि पर्व रहेको ले मन्दीर लाई सुन्दर बनाउन र भक्तजन लाई सजिलो बनाउनका लागि पोखरीया नगरपालिकाका मेयर प्रधुमन चौहानले बैठक समेत गरेका छन ।
पोखरीया नगरपालिकाको एतिहासिक मन्दिर रहेको यश शिव मन्दीर लाई रंगरोगन गर्नुका साथै बत्ती जडान गरि आकर्षक बनाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले बताए । शिव रात्रि पर्व केही दिन मात्र बाकी रहेकोले छिटो भन्दा छिटो काम सकाउन आफुले निर्देशन दिएको उनले बताए ।
यस असवरमा पोखरिया नगरपालिकाका योजना प्रमुख संजय पाण्डेय, सरसफाई प्रमुख बिनोद पाण्डेय,नगर प्रहरी,स्थानीय समाज सेवी लगायतको उपस्थिति रहेको थियो।
