शैलेश गुप्ता २५ फाल्गुन पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ४ को पोखरिया बजारमा रहेको प्राचीन शिव मन्दिरमा महाशिवरात्रीको अवसरमा धूम धामका साथ लागेकाे भव्य मेला संपन्न भयको छ।
पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको
निर्देशनमा मेलामा शान्ति सुरक्षा तथा ट्राफिक जाम हुन नदिन नगर प्रहरी परिचालन गरेको नगर प्रमुख चौहानले बताए ।
पुरखौ पुर्खा देखी चली आएका पोखरिया बजारमा रहेको शिव मन्दिरमा महाशिवरात्रीका दिन लगाने मेला आज भाब्यताका साथ सम्पन भयको छ।
शिवालयमा महिलाहरु द्वारा गान बजान संगै शिव चर्चा मण्डली द्वारा शिवचर्चा भगवान शिवको अर्धना पूजा पाठ गरी भगवान शिवलाई खुसी पार्न महिलाहरूले ब्रत बसी भगवान शिवलाई जल चढ़ाई, बेलपत्र, लड्डू , मिठाई, कोन,केसवर, गाजर ,बैर चढ़ाई पूजा पाठ गरेका हुन।
यस्तै पर्सा जिल्लाको जीराभावनीमा रहेको शिव मन्दिर जीराभावनी मेलाको नामले प्रसिद रहेको मन्दिरमा आज देखी १३ दिने मेला सुरुभयको छ ।