CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्वेदेशी उत्पादन अभियान उद्धमीको सम्मान मुल नाराका साथ बजार बिस्तार तथा अन्तरक्रिया

फेटा GP PSA
5,259
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

स्वेदेशी उत्पादन अभियान उद्धमीको सम्मान मुल नाराका साथ बारा उधोग बाणिज्य संघको सभा हलमा बजार बिस्तार तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो। बजार बिस्तार तथा अन्तरक्रिया कार्यक्रम बिश्व उपभोक्ता दिवस मार्च १५ का दिन स्थापना भएको हो। सोही दिन लाई सम्झना गर्दै आगामी दिनलाई आझै सरल र सुलभ तरिकाले उपभोक्ताहरु लाई सचेत गराउदै कार्यक्रम आयोजना गरिएको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

बारा उधोग बाणिज्य संघ कलैयाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी राजकुमार साहले आफ्नो मन्तव्य राख्ने क्रममा बजार व्यवस्थापनमा उपभोक्तालाई ध्यानमा राखी व्यवस्थापन गर्न लाई जोडिएका छन्। उपभोक्त र व्यापारीको नङ र मासुको सम्बन्ध हुन्छ, सरकार संग प्रष्ट नीति नहुदा कम्पनी र बस्ती कहाँ हुनु पर्ने बारे अन्योलता रहेकोे छ। खुला सिमाना हुदा बजार ब्यवस्थापनमा र व्यापारी मारमा छन। भारतको समानमा कर लगाउदा बजार टिओडी टेक्स सिस्टम लगाउदा राजस्व बढी उठने महिला उधमी हुदा प्रत्येक दिन हिसाब राख्न गार्हो छ, निकोटोनको कुरा गर्दा सानो पसलले कसरी हिसाब राख्ने, घरेलु खारेजी हुदा व्यापार बन्द भयो तर राजस्व कसरी तिर्ने त्यसलाई व्यवस्था गर्न आग्रह गरे ।

Karaiya Mai Notice Winter

आन्तरिक राजस्व कार्यालय सिमरा कार्यालयका कर अधिकृत तथा कार्यक्रमका विशिष्ट अतिथी पप्पु कुमार गुप्ताले ३० लाख सम्म कारोबारले उपनगर पालिकामा भए ७५००/- नगर पालिकामा ४०००/- गाउपालिका भए २५००/- राजस्व लाग्ने समय भित्र आ.ब.विवरण र कर तिर्नु पर्ने र जरिवाना बाट बाच्ने,स्थाई लेखा नम्बर लिएर मात्र कारोबार गर्ने, बिल नियम अनिवार्य लिने दिने तथा खाता अध्यावधिक राख्नु पर्ने भने आफनो मन्तव्य राखे।

घरेलु तथा साना उधोग कार्यालय बाराका अलिसरण अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा बारा उधोग बाणिज्य संघका उपाध्यक्ष प्रदिप साह, महासचिव रामअषिश साह, उपभोक्त हित संरक्षण मञ्चका केन्द्रिय सदस्य नरेश मोदक, मधेस प्रदेस सदस्य अरुण खनाल, बारा उधोग बाणिज्य संघका सदस्य बिरेन्द्र साह, शशी केशरी, बृजकिशोर साह, मुकेश गुप्ता, उपभोक्त संरक्षण मञ्चका कलैया नगर अध्यक्ष बैधनाथ साह, महिला उद्धमी र व्यापारी लगायतको उपस्थिति रहेको थियो।

बजार व्यवस्थापन र व्यवसायी राम्रो र सुदृढ चलाउन आ-आफ्नो जिज्ञासा उद्धमीहरुले राखेका थिए भने कार्यक्रम संञ्चाल अमोद कुमार यादवले गरेका थिए।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश