CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

केन्द्र प्रमुख झा र शिक्षक तिवारीको लापरवाहीले ४ जना बिधार्थीको जिवन धरापमा

केन्द्र प्रमुख झा र शिक्षक तिवारीको लापरवाहीले ४ जना बिधार्थीको जिवन धरापमा

फेटा GP PSA
712
सिम्रौन्गढ़ नपा psa

 

शैलेश गुप्ता १६ चैत्र बीरगंज 

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पर्सा

 

केन्द्र प्रमुख झा र शिक्षक तिवारीको लापरवाहीले ४ जना बिधार्थीको जिवन धरापमा परेको छ ।

 

चैत १५ गते देखी संचालन भईरहेको माध्यमिक विद्यालय स्तरिय परीक्षा-२०८० (S. E. E.-2080) पर्सा जिल्लाको एक परीक्षा केन्द्रमा चरम लापरवाहीका कारण ४ जना परिक्षार्थीहरुको जिबन धरापमा परेको छ ।

Karaiya Mai Notice Winter

बीरगंज महानगरपालिका वडा नं. २०, हरपतगंजमा रहेको श्री गोल्डेन वाटिका इंग्लिस बोर्डिङ स्कुलको परीक्षा केन्द्र बीरगंज महानगरपालिका वडा नं. १७, अलौंमा परेको  छ । त्यस विद्यालयको शिक्षक एवं सहायक केन्द्राध्यक्ष राकेश तिवारीले बिधार्थीहरुलाई सहयोग गरि दिन्छु भन्दै गोल्डेन वाटिकाका संचालक लालबाबु प्रसाद यादवलाई चैत १४ गते आफ्नै मोबाइल नम्बर ९८११२३१३८९ मार्फत प्रत्येक बिधार्थीको रु. १ हजारका दरले १४ जना बिधार्थीको रु. १४ हजार रुपिया मांग गरेका थिए ।

गोल्डेन वाटिकाका संचालक यादवले पैसा दिन इन्कार गरेपछि निज तिवारीले प्रत्येक बिधार्थीलाई एउटा एउटा कोठामा राख्ने तथा परीक्षाको समयमा यातना समेत दिने धम्की दिएपछि संचालक यादवले द्वार देवीका प्रधानाध्यापक दया कान्त झालाई फोन मार्फत सबै कुरा जानकारी गराएता पनि पहिलो परीक्षाको दिन चैत १५ गते दुई जना विद्यार्थीहरुको सिट प्लानिङ्गमा सि. नं. नै नराखी गेटमा सि. नं. टासँ गरिएको थियो ।

यस घटना पछि यादवले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई फोन वाट सबै कुरा अवगत गराए पछि उनीहरुलाई सिट मिलाएर परीक्षा हलमा बसाइयो । त्यहीं दिन गोल्डेन वाटिका विद्यालयका नियमित तिरको चार जना विद्यार्थीहरुलाई अँग्रेजी बिषयको ग्रेडवृद्धि प्रश्नपत्र दिइएको थियो,

अनि विद्यार्थीहरुले भन्दा यो हाम्रो प्रश्नपत्र होइन । हामीहरु नियमित विद्यार्थी होऊ तैपनि वहाँहरु प्रश्नपत्र नियमितको दिनु भएन त्यसै ग्रेडवृद्धिको प्रश्नपत्र बाट नै परीक्षा गराईएको  कुरा बताएका छन् ।

त्यस पछि ती बिधार्थीहरुको अभिभावक गोल्डेन वाटिका विद्यालयमा ति प्रश्नपत्र सहित पुगे पछि अभिभावक सहित प्रमुख जिल्ला अधिकारी कहाँ पुगेर सबैकुरा अवगत गराएका थिए ।

तसर्थ उक्त परीक्षामा संलग्न शिक्षक राकेश तिवारी र प्रधानाध्यापक  दायाकान्त झालाई आवश्यक कार्यवाही सहित ग्रेडवृद्धिको प्रश्नपत्र बाट परीक्षा दिन लगाएको तपसीलका विद्यार्थीहरुको पुनः परीक्षा दिने व्यवस्था मिलाई सहयोग गरिदिन हुन शुक्रबार श्री शिक्षा विकास तथा समन्वय इकाई, पर्सामा उजुरी समेत दिइएका छन् ।

 

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश