बिकास पाण्डे, रौतहट ।। रौतहटको कटहरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज रजक र सोही नगरपालिका लेखापाल राम प्रसाद साह कार्यालय भित्र राती ८:४० बजे चेक काटिएको अवस्थामा स्थानीयले रङगे हात समातेका छन् । जनताको काम गर्न १० बजे देखि ५ बजे कार्यालय समय कहिले नअाउने कर्यालय प्रमुख रजक तथा लेखापाल साह राती ८ बजे १० लाखको चेक काटिएको अवस्थामा स्थानीयले पक्राउ गरेका छन् ।
सो चेक मधेस सांस्कृतिक प्रतिष्ठान नेपालको नाममा काटिएको फेला परेका छन् । केन्द्र सरकार तथा प्रदेश सरकारको निति नियमलाई धज्जि उडाउँदै प्रमुख प्रशासकिय अधिकृत रजक तथा लेखापाल साह राति ८ बजे चेक काटिरहेको बुझिएको छ ।