पोखरिया ९ मा ३० फिटको बाटो फराकिलो ढलान र नालाको काम सुरु हुने।
पोखरिया ९ मा ३० फिटको बाटो फराकिलो गरी ढलान र नालाको लागी काम सुरु हुने बताईएको छ।
शैलेश गुप्ता १६ जेष्ठ पोखरिया
पर्सा
को पोखरिया नगरपालिका वडा नम्बर ९ मा आज ३० फिट बाटो फराकिलो गरी नाला र ढलानको लागी बाटो फराकीलो गरियको छ।
बाटो फराकिलो गर्न वडा नम्बर ९ को वडा अध्यक्ष नौशाद आलम अहम भूमिका रहेको छ ,पोखरिया नगरपालिकाको नि प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्री वास्तव , इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी निरीक्षक निरज ढकाल नेतृत्वको टोली ,पोखरिया नगरपालिकाको राजकुमार राम नेतृत्वकों नगर प्रहरीको टोली स्थानीय बासीको रोहबरमा बाटो फराकिलो गरियको प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्री वास्तवले जानकारी दिए।