CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

दाईजो प्रथा विरुद्धको ‘मौर’ विमोचन

फेटा GP PSA
1,529
सिम्रौन्गढ़ नपा psa

विराटनगर । विराट राजवंशी समुदाय लगायत सवै जात जातिमा झागिदै गएको दहेज प्रथाको विरुद्धमा विराट राजवंशी यूवा समितिले एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघमा ‘मौर’ नामक स्मारिका विमोचन गरेको छ । स्मारिक विमोचन कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराट राजवंशी समाज उत्थान समति नेपालका केन्द्रिय अध्यक्ष भुनेश्वर मण्डल राजवंशी, श्री स्टार स्कूलका निर्देशक डा. उद्धव पोखरेल, नेपाली कांग्रेसका नेता राजेश गुप्ता, विराटनगर महानगर पालिका वडा नं. १२ का वडा अध्यक्ष हिरालाल कामत समेतले संयुक्त रुपमा स्मारिकाको विमोचन गरिएको थियो ।

सो स्मारिकामा ३० वटा दाईजो विरुद्धमा लेखिएको लेख रचना र कविताहरु समावेश रहेका छन् । उक्त स्मारिक विमोचन कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री घिमिरेले भने समाजमा दाईजोको कारण चेलीवेटीलाई दुःख दिने, मारपिट गर्ने, आगोलगाई जलाउने जस्ता दर्दनाक घटनाहरु वढ्दै गएको अवस्था रहेको छ । छोरा छोरीमा विभेदका कारण नै आज दाईजो प्रथा समाजमा जरा गाडेर वसेको छ । त्यो प्रथालाई समाजवाट अन्त गर्न राजवंशी यूवाहरुले खेलेको भूमिका र समाजमा जनचेतना फैलाउनका लागि दाईजो विरुद्धमा निकालिएको स्मारिकाको लागि राजवंशी यूवाहरुलाई धन्यवाद दिएका थिए ।

Karaiya Mai Notice Winter

प्रसौनी गापा सामाजिक संदेश ०७८

समाजवाट दाईजो प्रथालाई अन्तका लागि गरिने क्रियाकलापको लागि समाजिक विकास मन्त्रालय सहयोग गर्न तयार रहेको वताए । सो अवसरका विराट राजवंशी समुदायको संस्कृति झल्किने नाच गान समेत भएको थियो । सोही अवसरका विराटन राजवंशी यूवा समितिका अध्यक्ष कुशेश्वर राजवंशीले १ हजार प्रति स्मारिका छाप्न लगायत अन्य खर्च गरी १ लाख ३४ हजार खर्च भएको वताउंदै समाजको सहयोगि व्यत्तिहरुवाट करीव ८० हजार संकलन भएको वांकी रकमको लागि राजवंशी समुदायले स्मारिका खरिद गरी पढी दिन आग्रह समेत गरेका थिए ।
‘मौर’ दाईजो प्रथाविरुद्ध विराट राजवंशी यूवाको अवाज स्मारिका विमोचन कार्यक्रम विराट राजवंशी यूवा समितिको कोषाध्यक्ष तथा स्मारिका प्रकाशन समितिका संयोजक (क्राईम अपरेश साप्तिाहिक पत्रिकाका समाचार दाता) राजेश कुमार राजवंशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Baiju sah