शैलेश गुप्ता ८ श्रावण बीरगंज
पर्सा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले निजामती संघीय कर्मचारी ऐन दुई महिनाभित्र पारित हुने बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी पर्साद्वारा मंगलबार आयोजित शुभकामना तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले ८ वर्षदेखि विवादित हुँदै आएको संघीय निजामती कर्मचारी ऐन अबको दुई महिनाभित्र पारित गरिने बताएका हुन् ।
साथै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हुने सरुवालाई नियन्त्रित गरी एक कार्यालयमा एक वर्षसम्म कामकाज गर्न ऐन पनि बनाइने मन्त्री गुप्ताले बताए ।
कार्यक्रममा शिक्षा तथा समाज कल्याण मन्त्री प्रमोद जैसवाल, प्रदेशसभा सदस्य बिना शर्मा, जिल्ला कमिटी अध्यक्ष विशम्बर शर्मा, पोखरिया नगरपालिका नगर प्रमुख प्रद्युमन प्रसाद चौहान ,उप प्रमुख रूबी कुमारी ठाकुर , ने क पा एमाले जिल्ला कार्यसमिति पर्सा उपाध्यक्ष तथा छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्तालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन जिल्ला कमिटी सचिव महेश दासले गरेका थिए ।