CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

परियोजना सल्लाहकार समितिको योजना सहित कार्यक्रम सम्पन्न

फेटा GP PSA
4,819
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा ।

बाराको कलैयामा मातृ तथा नवजातशिशु स्वास्थ्य सेवा परियोजना जिल्ला सल्लाहकार समितिको बैठकले समीक्षा सहित योजना बनाउने सुझाव सहित सम्पन्न भएको छ । करणराज प्यालेस होटलमा भएको कार्यक्रमका प्रमुख अतिथि जन स्वास्थ्य कार्यालय बाराको परिवार नियोजन अधिकृत राघवेन्द्र कर्णले १६ वटै पालिकामा रहेको स्वास्थ्य संस्थालाई स्वच्छ सफा र सेवामुलक बनाउन नीति नियम सहित अगाडि बढन बनाउन सहयोग गर्ने सल्लाह दिनु भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

स्थानिय सरकारको आर्थिक विनियोजन गर्ने अधिकार रहेकोले ठाउँ अनुसार स्वास्थ्यमा सहयोग पुग्ने गरि कार्य गर्न ध्यानाकर्षण सहितको कार्य गर्न कर्णले जनकारी गराए । स्वास्थ्य संस्थालाई सुधार र सेवामुलक पूर्णरूपले बनाउन बर्थिङ्ग सेन्टरमा तालिम प्राप्त गरेका नर्सिङ कर्मचारी राख्न सहयोग गर्न सुझाव समेत कर्णले दिएका हुन । बारा प्रहरीका महिला तथा बालबालिका जेष्ठ नागरिक सेवा केन्द्रका प्रमुख ईस्पेक्टर विमला कठायतले मातृ तथा नवजात शिशुको लागि गर्नु पर्ने कानुनी सहयोग सधै गरि रहने प्रतिबद्धता गरेका थिए ।

फेटा गाउँ पालिकाका स्वास्थ्य शाखा प्रमुख राममनोहर साहले स्थानिय तहमा योजना बनाउदा कार्यको योजना सहजिकर्ण गरेर समय तालिका समेत समन्वय गरेर कार्य गरेमा सफल र प्रभावकारी गर्न सक्ने बताएका थिए । आफुसंग गरिने कार्य फेटा गाउपालीकाका जनतालाई पुर्याउन सधै सकृय रहने साहले बताए । जिल्ला समन्वय समिति बाराका प्रमुख प्रशासकिय अधिकृत अमोद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमा परियोजनाका कर्मचारी विजय कुमार महतोले कार्यक्रम समबन्धमा जनकारी गराएका थिए ।

जन जागरण युवा क्लवका कार्यकारी निर्देशक श्रीनिवास बैठाले गरेको स्वागत कार्यक्रममा क्लवका कोषाध्यक्ष सियाराम यादव, परियोजना संयोजक उपेन्द्र सिंह, कलैया उपमहानगरपालिकाका स्वास्थ्य शाखाका मनोज यादव, प्रदेशिक अस्पताल कलैयाका स्टाफ नर्स रोजिना गौतम, बालसंरक्षणका रन्जु चौधरी, व्लु डाईमन्ड संस्थाका अनिता पौडेल सञ्चारकर्मी प्रभु यादव, रमेश साह लगायतकाले पाच बर्षिय योजनाको सम्बन्धमा छलफल र सुझाव दिएका थिए । जन जागरण युवा क्लवको आयोजना र वन हार्ट वल्डवाईजको सहयोगमा कार्यक्रमा सञ्चालन भएको थियो

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश