CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

प्रसौनी गाऊपालिका वडा नं ४ को नवनिर्मित वडा कार्यालय को समुद्घाटन

फेटा GP PSA
4,731
सिम्रौन्गढ़ नपा psa

रंजित पाण्डेय, कलैया, बारा।

प्रसौनी गा.पा वडा नंबर ४ खुटवा जब्दीका वडा अध्यक्ष याकूब मिया अंसारीको अध्यक्षता तथा गा.पा प्रमुख बिनोद जैसवालको प्रमुख आतिथ्यतामा शनिबार २६गते रिबन काटी नवनिर्मित वडा कार्यालयको समुद्घाटन गरिको हो। वडा कार्यालयको भवन निर्माणले आफ्नै ठाउँमा कार्यहरु सहजताका साथ छीटो छरितो हुदा सर्वसाधारण लाभान्वित हुने उद्देश्यका साथ नवनिर्मित वडा कार्यालयको भवन निर्माण गरीएको जनाएका छ्न।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जनताका सेवाका लागी आफु र हरेक वडा अध्यक्षहरु हरेकक्षण तटस्थ रहने गा.पा प्रमुख जैसवालले निर्देशीत रहेको बताए। साथै केही दिन अघि मेयर कप द्वारा असंतुष्ट भएका खेलाडीहरुका लाई खेल क्षेत्रमा बढ़ावा दीने उद्धेश्यका साथ तथा वडा नंबर ४ बासीहरू लाई चंडीमाई खेल मैदानलाई पालिकाको नमूना खेल मैदान बनाऊने र डे नाइट भव्य क्रिकेट मैच गराउने आश्वासन दिनू भयो। प्रसौनी गा.पा लाई नमूना पर्यटकीय स्थल बनाउने उद्देश्यले वडा नंबर ३ नौतन स्थित ठुलो पोखरा लाई सौंदर्यकरण गरी बिरगंज को घड़िअर्वा पोखरी मॉडलको निर्माण कार्यमा आफ़ू निरन्तर लागिरहेको बताए।

कार्यक्रम अध्यक्षता वडा नं ४ खुटवाका वडा अध्यक्ष मियाले किसानहरुको खेतीकार्य सहज बनाऊंन वडामा रहेको डिप बोरिंग ट्यूबवेलमा ट्रांसफ्रमर लगाई किसानहरू लाई नया सौगात दिने बाचा गर्दै आजको कार्यक्रम समापन गर्नु भयो। कार्यक्रम को प्रमूख अतिथि प्रसौनी गा. पा प्रमुख बिनोद जैसवाल, विशिष्ठ अतिथी किरण देवि साह, ई. प्रहरी नायब निरीक्षक सुरेश राज भट्ट, सशस्त्र प्रहरी का डी. एस. पी राजेश्वर साह, प्रसौनी गा. पा प्रमुख प्रशासकीय अधिकृत सुमित सिंह, जनसांस्कृतिक महासंघ नेपाल को केन्द्रीय सदस्य क.रंजित पाण्डेय Y.C.L नेपालका नूरुलहोदा अंसारी, मोजाहिर अंसारी, सौरभ गुप्ता, संचारकर्मी तथा स्थानीयहरुको विशेष उपस्थिति रहेको थीयो।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश