CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

जन्माष्टमीको धार्मिक महत्व र अवतार

Pheta Chhath Shubhakamana
4,587
Bara Gadhi Notice winter

कलैया, बारा।

द्वापर युगमा भाद्र कृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज ५२५०औ भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ । कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो । जसरी अन्य चाडको महत्व छ त्यसरी नै जन्माष्टमीको पनि विशेष महत्व रहेको छ ।

Karaiya Mai Notice Winter

कृष्ण जन्माष्टमी हिन्दूहरुको प्रमुख चाड मध्येमा पर्छ । यस दिनमा भगवान जन्मेको उत्सवमा व्रत बसेर र मध्यरातसम्म भगवानको भजन गर्ने चलन छ । जन्माष्टमी मुख्यतः भगवान कृष्णको जन्म दिनसँगै जोडिएको छ । जुन दिन कृष्णको जन्म भएको थियो । श्रीकृष्ण भगवान विष्णुको आठौ अवतार हुन् । जसले धर्तिमा अधर्म र धर्म र अन्याय हटाउनको लागि अवतार लिएका थिए । श्रीकृष्णको सम्झनामा र उनको बालरुपलाई पुजा गर्नको लागि पावन जन्माष्टमी मनाउने गरिन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

यस चाडमा मुख्य महत्व राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र नराम्रा कामको हतोत्साहित गर्ने हो । एकताको लागि पनि कृष्णाष्टमी मनाइन्छ । यो पवित्र चाड मानिसको बीच भाइचारा वृद्धि हुन्छ । यसकारण जन्माष्टमीलाई एकताको प्रतिक मानिएको छ । श्रीकृष्ण जन्माष्टमीको रातलाई मोहरात्री पनि भनिन्छ । उक्त रातमा श्रीकृष्णको ध्यान, नाम वा मन्त्र जप्दा संसारको माया मोह र आशक्ति हटाउन सक्छ । जन्माष्टमीको व्रत व्रतराज हो । यसको विधिपुर्वक पालन गर्दा अन्य व्रतबाट प्राप्त हुने महान पुण्यराशि प्राप्त गर्न सकिने धार्मिक मान्यता रहेको छ । विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएकाले हाम्रो धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्नका लागि पनि यो पर्वको महत्वपूर्ण भूमिका रहने गर्दछ ।

 

Baiju sah