CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मोरङमा अनलाइन जुवा खेलाउने दुई युवा पक्राउ

फेटा GP PSA
216
सिम्रौन्गढ़ नपा psa

विराटनगर, मोरङ – जिल्ला प्रहरी कायालय मोरङले अनलाइन जुवा खेलाउने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. १२ का २० वर्षीय उत्सव अर्याल र १८ वर्षीय उत्कृष्ट अर्याल रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले १xbet लगायतका एप्स प्रयोग गरी अनलाइन जुवा खेलाउँदै आएका थिए। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गत शनिबार (२०८१ भदौ १८ गते) उनीहरूको घरकोठामा छापा मारेको थियो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

छापाका क्रममा प्रहरीले एक थान कम्प्युटरको सिपियु, एक थान राउटर र दुई थान मोबाइल फोन बरामद गरेको छ। पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेलाएको कसुरमा अनुसन्धान गरिँदैछ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता, प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

यस घटनाले अनलाइन जुवाको बढ्दो चलनप्रति सचेत रहन र कानुनी कारबाहीको जोखिमबारे सर्वसाधारणलाई सचेत गराएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश