CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

पशुलाई बली नदियी सर्वश्रेष्ट प्राणी मानवताको परिचय दिन कलैया बजारमा र्‍याली

Pheta Chhath Shubhakamana
4,588
Bara Gadhi Notice winter

कलैया, बारा।

शुलाई बली नदियी सर्वश्रेष्ट प्राणी मानवताको परिचय दिन कलैया बजारमा र्‍याली गरिएको हो। पशुको पनि पीडा हुन्छ ! सर्वश्रेष्ट प्राणी बिद्धिजिवी मानवले आत्मसात नगरेको कारण निर्मम्ताको प्राकास्टा पार गरि क्रूर राक्षस भएको मानवहरुले परिचय दिने गरेका छ्न। सर्वश्रेष्ठ प्राणी मानवले मुख भए तापनी बोल्न नसक्ने प्राणी (पशु) लाई निर्दयता पुर्वक दु:ख दिने गरेको कुरा लाई विभिन्न नाराका साथ बजार परिक्रमा गरेका छन्। करिब पाँछ सयजनाको सहभागिता रहेका महिलाहरुको समुहमा विभिन्न नारा लगाउदै बारा जिल्लाको सदरमुकाम कलैयाको रामजानकी मन्दिर बाट निस्किएको र्‍याली बजार परिक्रमा गर्दै जिल्ला प्रहरी तथा प्रशासन कार्यालय हुँदै पुनः रामजानकी मन्दिरमा पुगी र्‍याली समापन भएको हो।

पशु बली भनेको अधिकांस महिलाहरुनै भाकल गर्ने गरेको कुरा लाई मध्यनजर गरि महिलाहरु लाई नै सचेत गर्ने उद्देश्यले अधिकांश महिलाहरुलाई नै सहभागिता गराइएको हो। मनुष्यलाई केही भयो भने आफ्नो दु:ख र पिडा अरुलाइ पोख्ने गर्छ । दु:ख र पिडा पोख्दा जोकोहिले पनि दुखित भैहाल्छ्न। हुन त मनुष्य जीव हो त्यसतै अरुजीव पनि धेरै छन। जीव भनेको जस्मा प्राण हुन्छ भने हामी बुझ्ने गर्छौ तर आफुलाइ दु:ख भएको वा अरुको हेर्दा आफुपनि दुखित हुने मानव स्वभाव हो। त्यही दु:ख वा पिडा अरु कुनै जिवलाइ हुदा मानव स्वभाव कता हराउछ भने कसैलाई थाहा हुदैन।

प्रसौनी गापा सामाजिक संदेश ०७८

मानव भनेको चेतनशील प्राणी हो हामी बुझ्छौ। चेतनशील हुदा पनि मनुष्यको चेतना मानव जातिको लागि मात्र हुन्छ कि अरु प्राणीका लागि पनि हुन्छ भन्ने कुराको बारेमा हेर्दा एक्दमै थोरै चेतना भएको मानिस हेरिन्छ। किनकि जति चेतना मनुष्यका लागि हुने गर्छ त्यति अरु प्राणीका लागि भएको भए अरु प्राणी लाइ दु:ख भएको बेला स्याहार गर्ने थिये। तर मनुष्य विवेकशिल प्राणी भएर पनि अरु प्राणी लाई दु:ख भएको बेला स्याहार गर्नु को सट्टा त्यो बेला उलटै ज्यान नै मार्ने काम गर्ने गर्छन । उदाहरणका लागि भन्ने हो भने हामी सहजै हेर्ने गर्छौ । जसको सहारा लिएर हामी आफ्नो स्वास्थ्य लाई राम्रो हृष्ट पुष्ट बनाउने गर्छन तर जब उसको समय कमजोर हुन्छ अर्थात दुध दिन छोडे पछि मनुष्यले आफ्नो स्वार्थ पूरा गरि छाडा छोड्ने गरेको जताततै अरु प्राणी लाइ छोडेर हेला गर्न सुरु गरि दिन्छन ।

विज्ञानको अधारमा स्वस्थ पशुको मासु सेवन गरे मात्र हामी लाई फाइदा गर्छ नत्र भने अस्वस्थ पशुको मासु अस्वस्थ नै हुने गरेको चेतना कसैलाई नभएकोले सर्वसाधारण मारमा परेको विज्ञानको ठहर रहेकोकारण सबैमा यो चेतनाहुनु पर्ने मध्यनजर गरि यो अभियान चलाइएको आयोजक संस्थाले जनाएका छन्।

Karaiya Mai Notice Winter

जुन हामी दैनिक रुपमा बाटो घाटोमा हेर्ने गर्छौ गाई गोरु, घोडा, कुकुर, आदि प्राणी हरु लाई छाडा छोडी दिएको बारेमा सबैले बुझ्नु पर्ने आवस्यक रहेको आयोजक संस्थाको आस्य रहेको छ। छडा छोडेर निमुखा प्राणीहरुको दु:खमा समस्या थपिदिएको हुन्छन। त्यो बेला चेतना, विवेकशीलता हराएर उसलाई छाडा छोडी सर्व श्रेष्ठ प्राणीको गुण नभएर राक्षसी गुण प्रवेश भएको देखिन्छ। जुन जिवको हामी दूध खाने गर्छौ त्यो दूध दिन छोड्ने बित्तिकै छाडा छोडी दिएको हुन्छ वा सियो दिएर मारी दिने गरिन्छ।

जसलाई आफ्नो घरको रक्षार्थ पालेको हुन्छ त्यस कुकुर लाई यदि पैरालाइसिस भएयो भने सियो दियेर मार्ने गर्छन । जुन घोडा बाट आफ्नो घरको भरन पोषण गर्ने गर्छन त्यो कमजोर भए पछि बाटोमा छोडी दिएको हुन्छ। त्यति मात्र कहा होर विवेकशीलता, चेतनशीलता, मानवता तथा सर्वश्रेष्ठता त त्याहा हेरिन्छ जब आफ्नो आफन्त लाई कसैले कुट्छ त्यो बेला कुट्नेलाइ छोड्ने कसैले होइन तर निर्दयीताको हद्द पार गरि जिवलाइ भाकल गरि देवी देवताको स्थानमा बली चढाउने गर्छन।

त्यस्तै हाट बजारमा खचाखच एउटा बाख्रा लाई अर्को बाख्राको सामुमै काट्ने काम गर्ने गर्छन। तर अलिकति पनि मनमा आउदैनन कि त्यो अर्को बाख्राले हेर्दा उसलाई कस्तो महसुस हुन्छ। यसै विषय लाई लिएर आज जातीय विभेद अन्त्य मार्फत पशु कल्याण प्रवर्द्धन तथा शुनिश्चितताका लागि स्थानीय सरोकारवालाहरुको भुमिका पनि अपरिहार्यता रहेको आयोजक संस्थाको उद्देश्य रहेको जनाएका छन्।

पशु सेवा ऐन २०५५ तथा सोको निमावली २०५६ पशु ढुवानी मापदण्ड २०६४ अनुसार हरेक गाडिमा प्राथमीक उपचार बाकस हुनुपर्छ, शारीरिक बनोट फरक भएका पशुको ढुवानी एउटै गाडिमा गर्नु हुदैन। रांगा भैसीसगं पाडा पाडी मिसाउन हुदैन। सबै रांगा, भैसी, बोका, खसीको टाउको र मुख अगाडि चालक पट्टी फर्केको हुनुपर्छ । नाकमा र पुच्छरमा बाँध्नु हुदैन। रांगा भैसी, बोका खसीले टेक्ने भुईमा ६ इन्च वाक्लो भुस पराल वा सोत्तर हालेको हुनु पर्छ। गाडिको साइडमा फोम टाँसेको हुनु पर्छ। ठूला पशुलाई प्रति पशु ०.८४ देखि १.२७ वर्ग मिटर स्थान उपलब्ध गराउनु पर्छ । साथै एउटा ट्रकमा २० वटा मात्र राँगा भैसी ढुवानी गराउन पर्छ । दैनिक ८ घण्टा भन्दा वढी गाडीमा डुंबानी गराउन हुदैन । गाडीमा घाँस, पराल र दाना राखेको हुनु पर्छ । गाडिमा ८ घण्टा ढुवानी गरेपछि पशुलाई ओरालेर दाना पानी खुवाउनु पर्छ । गाडी ४० किलोमितरको रफतारमा वा सोभन्दा विस्तारै हाँक्ने र भयाप्प ब्रेक नलगाउने नउफ्रने गरि आरामसगं ढुवानी गर्नु पर्छ । तर यी सबै कुराहरु बारे सबै संबंधित निकाय मुखदर्शक बान्नु बाहेक अरु केही गर्न नसकेको बारे चर्चा गरिएको थियो। कार्यक्रममा हामी सबैजना मिलेर पशु पन्छीको कल्याणमा काम गरौं भने अपिल गरिएको हो।

बली दिएर पुजापाठ कल्याणकारी नहुने पशु कल्याण संघ नेपाललेको धारणा रहेको आयोजक संस्थाले जनाएका छन्। पशुबली निरुत्साहित हेतु सात्विक पुजापाठ लाई संरक्षण गर्नुपर्नेमा जोड दिइएका छन्। पशुबली  होईन सात्विक पुजापाठ लाई मान्यता  दिनका निम्ति पशु कल्याण संघ नेपालले निरन्तर रुपमा जनचेतना जगाउनु पर्नेमा जोड दिने गरेको संस्थाले जनाएका छन् । शक्ति पिठहरु प्रती आस्था बिश्वास राखी भाकल गर्ने भक्तजनले सात्विक पुजापाठ लाई मान्यता दिनु पर्नेमा जोड दिनेगरेका छन् ।

पशु कल्याण संघ नेपालका अनुसार भाकल स्वरुप ल्याईने रांगा, बोका, परेवा आदि पशुपंक्षीको सट्टा नगद राशी दान गरि पुण्य कमाउन सकिने भएकोले सकारात्मक संदेश आम जनमानसमा फैलाउने उद्देश्य राखी विभिन्न समयमा विभिन्न कार्यक्रम गर्ने गरेका छ्न। पुर्व राज्यमन्त्री कलावती पासवानको नेतृत्वमा र्‍याली कार्यक्रम गरिएको हो।

Baiju sah