कलैया, बारा।
दलगत भावना बाट माथी उठी शुभकामना आदानप्रदान, फोहरी राजनीति लाई मातदिदै मानवता र समाजवादको थालिनि सुरुगरेका हुन। विभिन्न दलमा आबद्ध रहेका राजनीतिक कर्मीहरु लाई एउटै मञ्चमा चुलो निम्तोका साथ आमन्त्रित गरि हजारौंको संख्यामा कर्मचारी, जनप्रतिनिधि, बुद्धिजीवी, नागरिक समाज लाई बडा दशैँ, दीपावली तथा छठ लगायत नजिकिदै गरेको पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान गरि मानवता तथा समजवादको परिचय दिएका छन्। एतिहासिक कार्यक्रमको अध्यक्षता पुर्व माननीय पारस साहको अध्यक्षता तथा संविधान सभा सदस्य प्रमोद गुप्ताको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो।
समाजवाद एक राजनीतिक र आर्थिक प्रणाली हो जहाँ उत्पादन, वितरण र विनिमयका साधनहरूको स्वामित्व वा नियमन सामूहिक रूपमा सामान्यतया राज्य वा जनता द्वारा गरिन्छ। समाजवादको लक्ष्य भनेको सामाजिक समानता लाई बढावा दिनु, वर्गभेदलाई कम गर्नु र सम्पत्ति र स्रोतहरू लाई जनसंख्यामा समान रूपमा वितरण गर्नु हो। यस प्रणालीले प्रायः अर्थव्यवस्थाको सहकारी व्यवस्थापन र निजी लाभ भन्दा सार्वजनिक स्वामित्वलाई जोड दिन्छ, जसको उद्देश्य व्यापक समुदायको कल्याणलाई प्राथमिकता दिनु हो। समाजवाद एउटा विचारधारा हो र यो व्यक्तिवादको विरुद्धमा उभिएको छ । व्यक्तिवाद राज्यको कार्य क्षेत्रलाई एकदम सीमित पार्न चाहन्छ भने समाजवाद व्यापक पार्न चाहन्छ ।
शब्द व्युत्पतिका दृष्टिले समाजवादको सम्बन्ध समाज सुधारबाट हुन्छ, किनकि समाजवाद शब्द सोसियसबाट लिइएको हो, जसको अर्थ समाज हो । यसको तात्पर्य समाजवादको सम्बन्ध समाज सुधारबाट हुन्छ। मानिस सामाजिक प्राणी भएकोले समाजभन्दा बाहिर उसको स्वतन्त्र अस्तित्व हुँदैन । तसर्थ समाजमा नै रहेर प्रकृक्तिले दिएका कुराहरू समान रूपले उपभोग गर्न पाउँदछन् ।
तर आजभोलि मानिसहरू बिच देखिने राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक भेदभावहरू कृत्रिम हुन् । यसै सन्दर्भमा माननीय पारस साहले भने समाजवाद केवल पूँजीवादी विरोध होइन, न त्यो राज्यवाद हो । उद्योगको राष्ट्रियकरण र कृषिमा सामूहिकीकरण समाजवादी अर्थरचनाका महत्त्वपूर्ण पक्ष हुन्। समाजवाद अन्तर्गत मानिसद्वारा मानिसको शोषण नहुनु, अन्याय र उत्पीडन नहुनु, असुरक्षा नहुनु, यसका साथै सम्पति, सेवा तथा अवसरहरूको समान वितरण हुनु जस्ता कुरा पर्दछन् र सोही कुरा लाई इङ्गित गर्दै जिल्ला प्रहरी कार्यालय अदालत लगायतको बारेमा जानुपर्ने कुनै आवस्यक नभैइ समाज मै समाधान गर्न सकिन्छ तर पुँजीवाद र सामन्तवादले गर्दा व्यक्तिवादमा सिमित हुन पुगेको कुरा लाई ध्यानाकर्षण गराउदै शुभकामना दिनेक्रममा भनेका थिए। यिनै मानव निर्मित कृत्रिम भेदभावको अन्त्यमा नै मानव सभ्यताको सार्थकता रहन्छ भन्ने सोचाइबाट समाजवादको विकास भएको हो । समाजवादको बढ्दो प्रभावका कारण यसको नाममा पनि विभिन्न तरिकाबाट राजनैतिक प्रयोगहरू द्वारा समाज परिवर्तन गर्नुपर्ने धारणा राखेका थिए। विभिन्न वक्ताहरुले पनि बारा जिल्लाको राजनीतिक इतिहासमा पहिलो पल्ट यस्तो कार्यक्रम रहेको भन्दै मञ्चमा नै खुलेर संविधान सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी माननीय प्रमोद गुप्ता तथा अन्य वक्ताहरुले पनि समाजिकरुपमा सब लाइ एक सुत्रमा बाध्ने काम गर्नु भएको साहको कार्य सहरानिय रहेको प्रशंसा गर्नेगरेका थिए। बारा जिल्लाको बिकास गर्नका लागि ब्यापारीलाई बिकासको बाटो दिनु पर्छ त्यो बिकास लाई गति दिन बारा जिल्लाको मटिआर्वा, सिम्रोनगढ र कवही भन्सार खुलाउन आवश्यक रहेकोले सबै दलका जिम्मेवारहरु हामी सबै एक जुट भएर दलगत भावना भन्दा माथी उठि भन्सार खुलाउन प्रयास गर्न अगाडि बढ्न लाई माननीय साहले आग्रह गरेका थिए।
साहको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादव, मधेस प्रदेश पुर्ब सभा सदस्य तथा जसपा मधेस प्रदेस अध्यक्ष अशोक यादव, मधेस प्रदेश पुर्ब सभा सदस्य हेमा यादव, नागरिक उनमुक्ति पार्टी मधेस प्रदेस अध्यक्ष रामचन्द्र चौधरी, नेकपा एमाले बारा जिल्ला अध्यक्ष अध्यान्न्द पाण्डे, बिबेक शिल साझा पार्टी बारा अध्यक्ष डा.सुशील साह, जनमत पार्टी बारा इन्चार्ज शिवनाथ पटेल, माओवादी केन्द्र कलैया उमनपाका अध्यक्ष मुकेश साह, देवताल गापा वडा:-१ वडा अध्यक्ष अरुण सिंह र कलैया उपमहानगरपालिका नगर सदस्य शशी दासले आआफ्नो शुभकामना मन्तव्य राखेका थिए।
लोसपा केन्द्रिय उपाध्यक्ष श्याम गुप्ता, के.स.कमरुल्लाह अंसारी जनमत पार्टिका के.स.रामबाबु साह, रौशन खातुन, नेकपा एमाले जिल्ला कमिटी सदस्य पुरुषोत्तम साह, डा. राम प्रसाद यादव, रामधारी यादव, कलैया उमनपाका वडा ३ का वडा अध्यक्ष मोहन साह कानु,वडा ८ का वडा अध्यक्ष रंजित चौरसिया,वडा;-११का वडा अध्यक्ष अजय कुशवाहा, वडा १३ का अध्यक्ष राजेश खत्री, वडा १६ का शेषनाथ साह, वडा २४ का हिरालाल चौधरी वडा २५ का चन्दन पटेल वडा २६ का धर्मेन्द्र यादव वडा २७ का अशोक तिवारी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्येन्द्र ठाकुर, अरुण साह, बिभिन्न संघ संस्था, विभिन्न पार्टिका अगुवा कार्यकर्ता समाजसेवी लागायतको उपस्थिति रहेको थियो। ब्रहमाकुमारि राजयोग सेवा केन्द्र कलैया कि संचालिका मिना दिदिले गरेको स्वागत मन्तव्य राखेकी थिइन भने कार्यक्रम सञ्चालन सुजित पाण्डेले गरेका थिए।