प्रभु यादव, बारा ।। यु ए इ राजदुतावास द्वारा चक्रपात भुमरी पिडित मुस्लिम समाज लाइ अफ़तारि भब्य रुपमा गराइएको छ । बारा जिल्लाको फेटा गाउपालिका वाडा न ६ पुरैनियाका भुमरी पिडित हरु लाइ अफ़तारि गराइएको छ । मुस्लिम धर्मावलम्बी हरुको महान चाड रामजान पर्व को पावन अवसरमा घरवार गुमाउनुका साथै सर्वस्व गुमाएका हरु लाइ आफ्नो धर्म मनाउन कुनै प्रकारको कठिनाइ नहोस भन्ने उदेश्यले अफ़तारि गराइएको छ ।
रहमा शैक्षिक तथा कल्याणकारी समाजको आयोजना तथा संयुक्त अरब इमारत नेपाल स्थित दुतावासको निगरानी एवं मुश्लिम युवा मंचको सहकार्यमा कार्यक्रम भैरहेको रहमा शैक्षिक तथा कल्याणकारी समाजका प्रवक्ता कमरुल हक तथा इब्राहिम अन्सारीले जनाएका छन् । कार्यक्रममा प्रदेश सभा सदस्य महमद समिर, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष अनिल श्रेष्ट, वडा अध्यक्ष जाकिर अन्सारी तथा नेपाल कम्युनिष्ट पार्टीका भात्री संगठन मुश्लिम युवा मंच का केन्द्रिय अध्यक्ष राज खान लगायत को उपस्थिती रहेको थियो ।