शैलेश गुप्ता ११ कार्तिक पोखरिया
पर्सा
को पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको पोखरिया अस्पतालमा आज एक कार्यक्रमका बिच मदेश प्रदेशको मुख्य मन्त्रि सतीस सिँहले अनुगमन गरेका हुन
पर्साको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालीकामा रहेको प्रादेशिक अस्पतालको मुख्यमन्त्री सिंहले आज अनुगमन गरेका हुन ।
मुख्य मन्त्रि सिँहले पोखरिया अस्पतालको ओ पि डि ,इमर्जेन्सी ,प्याथलोजी ल्याब नमुना सँकलन कक्ष, एक्सरे कक्ष, भिडीयो एक्सरे कक्ष,प्रसुती सेवा कक्ष, अस्पताल फारमेसी , ओटी कक्ष समेतको अनुगमन
सरसफाइ तथा बिरामीको बेड बेडमा पुगी बिरामीहरु सित बिरामीको अवस्था तथा सेवा सुबिधाको बारेमा जानकारी लिएका हुन ।
पोखरिया अस्पतालको हालको अवस्थाको सन्दभमा अस्पतालको मे० सु० डा० अनिल यादवले मुख्यमन्त्रीलाई जानकारी गराउदै बिभिन्न विषयमा समेटीएका फाईल मुख्य मन्त्रिलाई हस्तान्तरण गरेका हुन ।
मुख्यमन्त्री सिंहले आफूहरुले राखेको मागको सम्बन्धमा ध्यानकर्षण भएको र पर्सा आउँदा पोखरिया अस्पतालको अनुगमन गर्ने आश्वासन पाए अनुसार आज अनुगमन गरेको बताए ।
मुख्यमन्त्री सिंहले पोखरिया अस्पतालको अवस्थाको बारेमा अनुगमन गरेपछि भोली हुने मन्त्री परिषदको बैठकबाट केही निर्णहरु हुने बताए ।
पोखरिया नगरपालीका वडा नम्बर ४ को वडा अध्यक्ष लक्ष्मण साह कानु को अध्यक्षतामा भएको अनुगमन तथा सम्बोधन कार्यक्रममा प्रमुख अतिथी मधेश प्रदेसका मुख्य मन्त्रि सतीस सिँह,विशिष्ठ अतिथी पोखरिया नगरपालीकाको उप प्रमुख रुवी कुमारी ठाकुर,
वडा अध्यक्ष केदार महतो चाई ,प्रमोद गिरी, महेन्द्र महतो चाई, पुर्व पोखरिया अस्पताल बिकास समिती अध्यक्ष उमेश प्रसाद चौहान ,
जनमत पार्टी पर्सा सँयोजक ओम प्रकास सराफ, राष्ट्रिय मुक्तिक्रान्ती पार्टी नेपालको केन्द्रीय सदस्य नेजामोदीन समानी ,एमाले नगर कमीटी अध्यक्ष बिन्धाचल ठाकुर , सचिव सन्तोष गिरी,रेडक्रस सोसाईटी पोखरिया साखा अध्यक्ष भगवान प्रसाद कुर्मी,
सुमित प्रसाद गोड, कौशल कुमार गोड , पोखरिया नगरपालीकाको नि० प्रमुख प्रसासकीय अधीकृत अजय कुमार श्रीवास्तव प्रसासन प्रमुख सँजय कुमार पाण्डेय,पोखरिया अस्पतालको मेडिकल सुपरिटेन्डेड एम डी डा० अनिल यादव,एम डी० डा० सँजय कुमार गुप्ता ,नगर प्रहरी ईचार्ज दिनेश प्रसाद चौहान, लगायतकाहरुको सहभागीता रहेको थियो ।