CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

पकाहामैनपुर गा पा मा जग्गा बिवाद हुदा दुइ पक्षबीच झडप १० जना घाईते । 

Pheta Chhath Shubhakamana
152
Bara Gadhi Notice winter

शैलेश गुप्ता १९ कार्तिक पोखरिया

 

पर्सा

को पकाहामैनपुर गाउँपालिका वडा नम्बर २ मा दुइपक्षबीच झडप हुँदा १० जना घाईते भएका छन् । जग्गाको विषयमा धर्मजित मेहता पक्ष र किशोरी महतो पक्षबीच भएको झडपमा दुवैपक्षका १० जना घाईते भएको प्रहरीले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

 

 

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीका अनुसार जग्गाको विषयमा दुवैपक्षबीच विवाद भएर झडप भएको र दुवैतर्फका १० जना घाईते भएका हुन् ।

 

Karaiya Mai Notice Winter

धरमजित महतो र किशोरी महतोबीच लामो समय देखि जग्गाको विवाद रहेको थियो । जग्गाको विवादमा अदालतमा मुद्दा पनि परेको थियो ।

 

अदालतमा परेको मुद्दामा किशोरी महतो कोइरीको पक्षमा ७५१५ वर्गमिटर जग्गा भोग गर्न भने पछि बढी जग्गा भोगचलन गर्न खोज्दा धरमजीत महतो पक्षबीच झडप भएको हो ।

किशोरी महतो पक्षले बढी रहेको जग्गा भोगचलन गर्दा धरमजित महतो पक्षले नाप नक्शा गरेर मात्रै काम गर्नु भन्दा किशोरी महतो पक्षले बल प्रयोग गरी जोत्न खोज्दा झडप भएको हो ।

 

झडपका क्रममा धर्मजित मेहता , सुशीला देवी , रामवती देवी , रमेश कुशवाहा , महन्थ महतो कोइरी लगायत घाईते भएका छन् । किशोरी महतो पक्षका राधेश्याम , अमीर मेहता , अनिल कुशवाहा , उमेश कुशवाहा , बृजेश कुशवाहा लगायतका १०र१५ जनाको समूहमा आएका उनीहरुले धर्मजिय महतो पक्षकालाई लाठ्ठीले एक्कासी प्रहार गर्न थालेको धर्मजित मेहताले बताए ।

 

किशोरी महतो पक्षका अनिल कुशवाहा र राधेश्याम कुशवाहा निजामती कर्मचारीको धाकधम्की लगाउँदै गाउँघरमा झडप गर्दै आएका छन् । २ महिना अगाडि राधेश्याम कुशवाहा आफू अदालतको कर्मचारी भएको बल देखाउँदै एक जना वृद्धलाई कुटपिट गरेको आरोपमा प्रहरी हिरासत बसी ५ हजारको धरौटीमा छुटेका हुन ।

Baiju sah