रौतहट ।। नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजय कुमार चौरसियाले सरकार दुई तिहाईको दम्भ देखाउदै मिडिया र मानव अधिकार लाई नियन्त्रण गर्ने प्रयास गरेको भन्दै आपत्ति जनाउनु भयो । नेपाली काँग्रेस नगर कार्य समिति फतुवा बिजयपुर रौतहटको आयोजना आयोजित राष्ट्रिय जागरण अभियानलाई सम्बोधन गर्नु हुदै नेता चौरसियाले सरकारले प्रस्तुत गरेको मिडिया बिधेयक कुनै पनि हालतमा नेपाली काँग्रेसलाई स्विकार्य नहुने बताउनु भयो । नेपाली सेनालाई प्रधानमन्त्रीको अधिनममा ल्यान लागेको बिधेयक, मानवअधिकारको रक्षाको खातिर र देशबाट भ्रष्टाचार समाप्त पार्नका लागि नेपाली काँग्रेसले देशव्यापी जागरण अभियान गर्न लागेकोमा नेता चौरसियाले जोड दिनु भयो ।
नगरसभापति बाबुराम अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा नेका रौतहटका सभापति कृष्ण प्रसाद यादव, संविधानसभा सदस्य सुनिल कुमार यादव, त्यसैगरी हृदयनारायण यादव, राम श्रेष्ठ, रामअयोध्या राय, रामभरोशी यादव, गोपाल यादव लगायतकाले आ–आफ्ना बिचार राख्नु भएको थियो । सो अवसरमा नेकाका नेताहरु नेविसंघ पर्सा का नेता सरोज चौरसिया अन्नत कोईराला, रामनारायण यादव, कुमार चौलागाई, रुपेस पटेल, नितेस गुप्ता, श्याम चौलागाई लगायतको सहभागीता रहेको थियो ।