CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

स्व: नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार मनोज कुमार पटेलले पाउने निर्णय

फेटा GP PSA
142
सिम्रौन्गढ़ नपा psa

शैलेश गुप्ता १२ मँसिर वीरगन्ज

पर्सा

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

स्व:नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार नेपाल पोष्ट डेलीका सम्पादक मनोज कुमार पटेललाई पाउने भएको छ । बुधबार समाजवादी प्रेस संगठन नेपाल, पर्साको बसेको तेस्रो बैठकले उक्त निर्णय गरेको हो । संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा बसेको बैठकले पटेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

 

Karaiya Mai Notice Winter

यस अघि गठित पत्रकारिता पुरस्कार वितरणको लागि नाम छनौट समितिको सिफारिसको आधारमा विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका पत्रकार पटेललाई पुरस्कार दिने निर्णय भएको संगठन पर्साका सह सचिव श्याम सर्राफले जानकारी दिए ।

 

२१ हजार रुपैया राशी रहेको पुरस्कार संगठनले मंसिर १६ गते आईतबारका दिन आयोजना गर्ने दोस्रो स्मृति सभामा वितरण गर्ने सहसचिव सर्राफले बताए ।

बैठकमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्य मनोज पटेल, सल्लाहकार संजय साह, जिल्ला उपाध्यक्ष रमा थामी, सचिव विनोद पटेल, कोषाध्यक्ष संतोष साह, सदस्यहरु श्याम पासवान, धर्मेन्द्र यादव, जितेन्द्र यादव, श्रवण साह, अमोद शर्मा, सरोज पटेल, प्रदिप साह लगायतको उपस्थिती रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश