इप्रहरीकै मिलोमतोमा फरार भन्दै खुल्याम पसल चलाउदै
त्यस्ता अदालतको आदेश जान्दिनौ मान्दिनौ च्यातेर फाल्दिन्छु : DSP दहालको दादागिरी
कलैया, बारा।
प्रहरीकै मिलोमतोमा फरार भन्दै खुल्याम पसल चलाउदै गरेको पीडितको आरोप रहेको छ। पीडितले आफ्नो मोबाइलमा प्रमाण राख्दै प्रहरी लाई फोनगरी जानकारी गराउदा पनि हुन्छ, हुन्छ भन्दै आलटाल गर्दै बसेका छन्। त्यही अधारमानी प्रहरीकै मिलोमतोमा अपराधिक विश्वासघात संबंधित कसुरको फरार सुचिमा रहेका राजेश प्रसाद साह र राजु प्रशाद साह कलवार एवं शिवंम साह लगायतकाहरु रहेका छन् भन्ने पीडितको आरोप रहेको छ।
पीडित मोमताज अंसारीका अनुसार यो मुद्दा लाई प्रहरीले नै मिसिल भित्र रहेको सुरुवाती अनुसंधानका प्रमाणहरु फेरबदल गरेर मुद्दा नचल्ने गरी निर्णय गराएको थियो। पछि महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौ बाट पुनः निर्देशन सहित निर्णयको प्रतिलिपी मिसिल फिर्ता पठाई थप अनुसंधान गरि मुद्दा चलाउने आदेश पत्रको अधारमा कसुरवाला लाई पक्राउ पुर्जी जारीगरिएको हो।
अब फेरि त्यो मुद्दा तुहाउने खेलमा लागेको पीडितको आरोप रहेको छ। हालको समयमा फेरि बिना थुनुवा पुर्जा बुझी सरकारी वकिल कार्यालयमा व्यान गराई मुद्दा तुहाउने प्रयास गर्ने क्रममा सरकारी वकिल कार्यालय कलैया बाराका नि. जिल्ला न्यायाधिवक्ता रविन सापकोटाले पक्राउ अनुमति पुर्जा बुझी थुनेर मात्र व्यान गराउन मिल्छ भनी फर्काएका थिए। पीडित अंसारीका अनुसार हामिले बारम्बार मान्छे यहि छ समातन लाई जानकारी गराउदा पनि अटेरी गरेको गुनासो पोखेका छन्।
यो मुद्दाको प्रकृति हेर्दा अपराधिक विश्वासघात रहेको छ। बादी पीडित मोमताज अंसारीले एस के मोबाइल हबमा मोबाइल रिपेयर गर्ने कार्य विगत २०७४ देखि २०७९ पौष १९ गते सम्म काम गर्दै आएको र २० गते अंसारीको घरमा एउटा घट्ना हुन जान्छ सो समय देखि कार्य गर्न छोडेर घट्नामा अल्झिए। अंसारीले आफ्नो ल्यापटप पसल मै छोडेर आउने गर्दथे । उक्त ल्यापटपमा धेरै गोप्य कग्जात तथा प्रमाणहरुको भिडियो, गरगहनाको बिलको फोटो तथा अडियोहरु समेत रहेकोे कारण उक्त प्रमाणहरु मेटाउने उदेश्यले विपक्षीहरुको आर्थिक प्रलोभनमा परी पसल सञ्चालकले ल्यापटप लाई फर्म्याट समेत गरि विश्वास घात गरेका थिए।
अंसारीको घरमा छिमेकीहरुको आतंकका कारण मिति २०७६ देखि २०७९ बैशाख १४ गते सम्म गराएइएको घटना बारे उक्त ल्यापटपमा भएको सत्यतथ्य प्रमाणहरु लाई मेटाउने उदेश्यले विभिन्न जालझेल गरि ल्यापटप लाई नदिने मन्साय राखि बारम्बार विभिन्न धाकधम्की तथा कुटपिट अभद्र व्यवहार समेत गरेको पीडितले बताएका छन्।
सिमरा प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दहाल संग बुझ्दा हामीले अदालतको प्रक्रिया अनुसार कार्यवाही अगाडी बढाउदै छौ, अनुसंधानको सबै कुरा बताउन मिल्दैन भने प्रतिक्रिया दिएका थिए। भने सरकारी वकिल कार्यालयका बाराका नि. जिल्ला न्यायाधिवक्ता रविन सापकोटा संग बुझ्दा बिना पक्राउ पुर्जी बुझी बयान गराउन प्रतिवादी लाई लैजादा फर्काएको सिधै स्वीकार गरेको बताए।
इलाका प्रहरी कार्यालय बारा का DSP, जिल्ला बाराका सरकारी वकिल र स्थानिय वार्ड अधक्ष्य लगाएतका जनप्रतिनिधिहरु अपराधिक बिश्वासघात अरोपित संग अर्थिक प्रलोभनमा परी पिडितलाइ न्याय नदिइ डर त्रास धम्की दिने र मुद्दा फिर्ता लिनका लागी दवाव लगायत पिडित र सम्मानित अदालत लाइ प्रहरी नायबउपरिक्षक दहालले त्यस्ता अदालतको आदेश जान्दिनौ मान्दिनौ च्यातेर फाल्दिन्छु भनि गालि बेइज्जती गरी पिडा माथि पिडा थपिदिएको भन्दै पिडित युवा सरफराज उर्फ मोमताज अंसारीले सप्रमाण सहित न्यायको लागि मिडियाहरुमा गुहार गर्दै आएका छन्। मोमताज अंसारी हाल बारा जिल्लाको जितपुर सिमरा उप-महानगरपालिका वडा न. ७ नसिम टोलका रहेका छन्।