कलैया, बारा।
न्याय नपाएको भन्दै भौतारिरहेको गुप्ता पत्रकार संग पीडा पोख्दै आफ्ना समस्याहरु साझा गरेका छन्। बारा जिल्लाको सदरमुकाम कलैयाको देवकिलाल धर्मशालामा पत्रकार सम्मेलन गर्दै समस्या जानकारी गराएका छन्। गुप्ताले जग्गा बेचेको बापत पैसा नदिएकोले निकायहरुमा दौडदा दौडदै थाकिसकेको तर पनि न्याय नपाएको बताएका छन्।
बाराको कलैया उपमहानगरपालिका वडा:-१ का निवासी अजय कुमार गुप्ताले कलैया उपमहानगरपालिका वडा:-१७ निवासी दिपेन्द्र कुशवाहा लाई २०७५/०३/१७ गते जग्गा जमिन खरिद गर्ने काममा २५ लाख दिएको पैसा र पटक पटक गरि ३३ लाख दिएको र उक्त रकम बापत पटक पटक गरि ३० लाख ६ हजार बुझाइ सकदा पनि बाकी रहेको १८ लाख ७८ हजारको लागि २०७७/०८/१८ गते ११ कठ्ठा जग्गा बाध्य पारेर पास गराएको गुप्ताले बताएकाछन।उक्त जग्गाको प्रती कठ्ठा तीन लाख ३० हजार हुने मुल्य ३६ लाख ३० हजार भएकोमा कुशवाहा लाई तिर्नु पर्ने रकम २३ लाख ५० हजार ६९६ रुपैया कटाइ बढी पैसा आफुलाइ पाउनु पर्ने रकम जालझेल गर्दै अहिले सम्म नदिएको गुप्ताले आरोप लगाएका हुन।
नेपाल सरकारले मिटर व्याजी कानुन वयवस्था ल्याएको अनुसार २०७८/०६/०७ गते निवेदन दिदा जिल्ला प्रहरी कार्यालयमा कर्वाही समेत अगाडि बढाएको थियो उक्त कार्वाहीको क्रममा २०८० चैत ०३ गते दुबै पक्षको बैठक बसि छलफल गर्दा दिएको समयमा छलफल नगरि जालझेल गरि अहिले सम्म मलाइ दु:ख दि रहेको गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराए। अस्थायी उच्च इजलास पर्सामा मुद्दा विचाराधीन रहेको बताउदै।
विपक्षी दिपेन्द्र महतो कोइरी संग बुझ्दा अजय कुमार संग दुई चोटि कारोबार भएको कुरा बुझिएको हो, जुन पहिलाको कारोबार अनुसार हालको कारोबार दोश्रो चोटीको भएकोले फरक रहेको बुझिएको हो। दिपेन्द्र महतो कोइरीका अनुसार पहिलाको कारोबारमा दृष्टिबन्धक रहेको थियो जुन मुद्दा फैसला पहिला नै भएर पछि फेरि पुन: दोश्रो चोटीको कारोबार अनुसार विशुद्ध रूपमा खरिद नै गरिएको महतो कोईरीले बताएका हुन।
अब यस्तो खाले अन्योल्ता भएको कुरामा संबंधित निकायले दुइटै पक्षलाई हरेक काग्जातका साथ बसाएर दुइटै कारोबारे टुंगो लगाउने विकल्प देखिन्छ।