CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

मधेश युवा मञ्च द्वारा मानव कल्याण समाज सेवा घर लाई खाध्यान्न र न्यानाे कपडा सहयोग

फेटा GP PSA
4,585
सिम्रौन्गढ़ नपा psa

निजगढ, बारा।

धेश युवा मञ्च द्वारा सेवा घरमधेश युवा मञ्च द्वारा मानव कल्याण समाज सेवा घर लाई खाध्यान्न र न्यानाे कपडा सहयोग गरिएको हो। मानव समाजिक प्राणी हुन र मानवताको अधारमा एउटा मानवले अर्को मानव लाई सहयोगको भावना नभए त्यो मानव नै होइनन् भन्ने बुझ्न कुनै संका नरहेको समाज शास्त्रमा उल्लेखित भए अनुसार आज मधेश युवा मञ्च द्वारा मानव कल्याण समाज सेवा घर लाई खाध्यान्न र न्यानाे कपडा सहयोग गरिएको संस्थाका अध्यक्ष प्रशान्त रौनियारले जनाएका छन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मानवता लाई आत्म सात गरि मधेशका नयाँ पुस्ताका युवाहरुले एउटा युवहरुको संगठन त्यार पारी समाजमा पीडित रहेका मानव लाई हरेक दृष्टिकोणले सहयोग गर्ने उद्देश्यले राखी मधेशी युवा मञ्च नामक संगठन गठन गरि नया युवा पिढिलाई एउटा समाज शास्त्रको शिख दिएको संस्थाका सल्लाहकार दिनानाथ साहले बताए।

बारा जिल्लाको निजगढमा रहेको मानवमानव कल्याण समाज सेवा घरमा रहेका १४ जनालाई प्रशान्त रौनियारको प्रमुख आतिथ्यतामा खाद्यान्न समाग्री तथा न्यानो कपडा सहयोग गरिएको संस्थाका सल्लाहकार दिनबन्धु साहले जनाएका छन् ।कमिटी गठन गरिए पश्चात पत्रकार सम्मेलन गर्ने दिननै यो सुचना प्रवाह गरेका छन्।

Karaiya Mai Notice Winter

समाज सेवा नै धर्म हो भन्ने मुल मन्त्रका साथ मानव सेवाका लागि युवा मञ्च गठन भएको र नवगठित समिति दलगत, जातिगत, कुनैधर्म वा मधेशी पहाडीको नभइ स्वतन्त्र रहेको बताएका छन। निजगढ नगरपालिकामा समाज सेवा गर्नलाइ मानवताको मुल उद्देश्य राखि निष्पक्ष भइ सहयोग गरिरहने अध्यक्ष रौनियारले बताए। मधेश युवा मञ्चमा कुनै समुदायको व्यक्ति समावेश भइ समाज सेवामा लाग्ने उदेश्य लिएर आउन सक्ने रौनियार बताए। समाजमा पछिडिएका, दु:खित, अशक्त, अस्वस्थ भएको व्यक्ति लाई सहयोग गर्ने रौनियारले बताए।

उक्त कार्यक्रममा संस्थाका कृष्ण महताे, उपेन्द्र शाह, हिर्दय नारायण साह, दिनबन्दु साह, राहुल साह, जितेन्द्र ठाकुर, रवि राैनियार, दिनेश शर्मा, धिरेन्द्र शर्मा, रामानन्द शाह राैनियार,सन्जय शाह लगायतका सहभागिता रहेको संस्थाले जनाएका छन्। सेवा घरमा रहेका आमाबुवाहरुका लागि आवश्यक आध्यान्नहरु चामल, दाल, काउलि, आलु, प्याज, नुन, तेल, मसला, बेसार, खुर्सानि, धनिया, भुजा, चिउरा, पाउरोटी र न्यानाे ज्याकेट६सेट स-प्रेम प्रदान गरेका छन।

मानविय कल्याणकाे कार्यमा सहयोग गरेकोमा सेवा घरका सञ्चालकले साधुवाद अर्पण गर्दै धन्यवाद ज्ञापन गरेका छन्। आगामि दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन्।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश