CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

इन्द्रदेव यादव मोरङको सिडियोमा नियुक्त

Pheta Chhath Shubhakamana
36
Bara Gadhi Notice winter

प्रसौनी गापा सामाजिक संदेश ०७८

Karaiya Mai Notice Winter


भोजराज घिमिरे –
विराटनगर, पुस २५
गृह मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई मोरङको प्रमुख जिल्ला अधिकारी (सिडियो)को रूपमा नियुक्त गरेको छ। यादव यसअघि गृह मन्त्रालयमै कार्यरत थिए।

यसअघि मोरङका सिडियो रहेका प्रेमप्रसाद भट्टराईलाई मन्त्रालयमा फिर्ता बोलाइएको छ। भट्टराईले २०८० पुस २ देखि २०८१ पुस २३ सम्म मोरङको सिडियो भएर काम गरेका थिए। आफ्नो कार्यकालमा उनले कुशलतापूर्वक काम गर्दै सेवाग्राहीहरूको प्रशंसा कमाएका थिए।

सहसचिव इन्द्रदेव यादव यसअघि सुनसरी, महोत्तरी, इलाम र चितवनका सिडियोको रूपमा काम गरिसकेका छन्। सिरहा जिल्ला पुख्र्यौली घर भएका यादव हाल विराटनगर महानगरपालिकाको वडा नं. ४ मा स्थायी बसोबास गर्दै आएका छन्।

इन्द्रदेव यादव मोरङको सिडियो बन्ने दोस्रो यादव समुदायका अधिकारी हुन्। यसअघि सर्लाहीका विरेन्द्रकुमार यादवले २०८० वैशाख १७ देखि २०८० पुस १ सम्म मोरङको सिडियोको रूपमा जिम्मेवारी सम्हालेका थिए।

यादवले २०८१ पुस २४ गतेदेखि मोरङको सिडियोको रूपमा औपचारिक रूपमा काम सुरु गर्नेछन्।

Baiju sah