CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

वीरगञ्ज वडा नम्बर १० मा तेस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट सुरु 

फेटा GP PSA
153
सिम्रौन्गढ़ नपा psa

राहुल गुप्ता 

वीरगञ्ज

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

महानगरपालिका वडा नम्बर १० मा शनिबारदेखि तेस्रो वडा स्तरीय क्रिकेट टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ ।ठाकुरराम बहुमुखी क्याम्पसको महिला छात्राबासको खेलमैदानमा घडिअर्वा स्पोर्टस क्लबको सहयोगमा वडा नम्बर १० को वडा कार्यालयले आयोजना गरेको प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका हुन् ।

 

 

प्रतियोगिताको उद्घाटन गर्दै मेयर सिंहले वडा अध्यक्ष सुशील साह कानुले तथा वडा समिती परिवारले खेलकुदको क्षेत्रमा जुन योगदान दिई रहनु भएको छ त्यो एकदम प्रसंसायोग्य कुरो रहेको बताए । उनले वडा समितिले तेस्रो वर्ष आयोजना गरेको यस टुर्नामेन्ट अगामी दिनमा पनि जारी रहने आफू लाई विश्वास रहेको बताए ।

 

Karaiya Mai Notice Winter

कार्यक्रमका विशिष्ट अतिथी रहेका उधोगपती तथा समाज सेवी अशोक वैधले अहिले क्रिकेटमा खेलाडीहरु को क्रेज बढेको बताए । वडा अध्यक्ष सुशील साह कानु को नेतृत्व ले लगातार तेस्रो वर्ष टुर्नामेन्ट आयोजना गराउनु स्रहानिय भएको बताए। उनले खेलकुद क्षेत्रमा सरकारको लगानी बढाउनुपर्नेमा जोड दिएका थिए।

 

वडाध्यक्ष सुशील साह कानुले जाडोको बेला पनि बिहानै देखि कार्यक्रममा सहभागीता जनाइदिनु भएको मा सम्पुर्ण लाई धन्यवाद दिएका थिए । खेल मार्फत आफ्नो भबिस्य बनाउन बढी भन्दा बढी युवाहरुलाई खेलकुदमा सक्रिय गराउन वडा समिती ले क्रिकेट प्रतियोगिताको आयोजना गरेको बताए ।

 

 

प्रतियोगिताको उदघाटन समारोहमा प्रदर्शन गरिएको मार्च पासमा १० वटा सहभागी भएको बिधालयहरु मा लिटल एन्जल्स मा.बि प्रथम भएको थियो भने होलि ल्यान्ड मा.बि द्वितीय भएको थियो त्यस्तै माउन्ट मकालु तृतीय भएको थिए । प्रथम , द्वितीय तथा तृतीय भएका बिधालयहरु लाई ट्रफी सहित प्रमाणपत्र वडा अध्यक्ष सुशील साह कानु ले प्रदान गरेका थिए ।

 

 

 

वडाध्यक्ष कानुको अध्यक्षतामा भएको उद्घाटनमा वडा सदस्यहरु सन्तोष जैशी, प्रभु महतो,प्रेमशीला देवी,घडिअर्वा छठपूजा ब्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानु, पत्रकार महासंघ मधेस प्रदेश का पार्षद शिव शंकर साह कानु , घडिअर्वा स्पोर्टस क्लबका अध्यक्ष सन्तोष कानु, ,घडिअर्वा छठपूजा ब्यवस्थापन समितिकासचिव लखन लाल साह कानु , जिल्ला प्रशासन कार्यलयका प्रतिनिधि गौरीशंकर साह कानु, नेपाली कांग्रेसका युवा नेता संतोष गुप्ता लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको शहरीकरण पत्रकार क्रान्ति साहले गरेका थिए ।

 

शनिबारदेखि सुरु भएको प्रतियोगितामा वडा नम्बर १० का ८ वटा टिमले भाग लिएका छन्।प्रतियोगिताको फाइनल खेल मार्घ १९ गते हुनेछ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश