CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

मुख्यमन्त्रीको आशीर्वादमा विवादास्पद अविन्दर दासले बाराका यातायात प्रमुखको जिम्मेवारी पाए, अनियमितता र सेटिङमा संलग्नता पुनः उजागर

फेटा GP PSA
134
सिम्रौन्गढ़ नपा psa

वीरगंज – मधेश प्रदेशका मुख्यमन्त्री सिंहको आशीर्वादमा विगतमा विभिन्न अनियमिततामा मुछिएका विवादस्पद र बदनाम छवि भएका अविन्दर दासले यातायात व्यवस्था कार्यालय कलैया, बाराका प्रमुखको जिम्मेवारी पाएका छन्। यातायात कार्यालयमा हुने अनधिकृत कमाइकाको खबर जानेका दासले ठूलो आर्थिक चलखेल गरेर प्रमुखको जिम्मेवारी पाएको स्रोतको दाबी छ। यातायात व्यवस्था कार्यालय कलैया बारामा प्रमुख दास माघ ९ गते बुधबार कार्यालयमा हाजिर भएका छन्। प्रमुख दास हाजिर भएको २-३ दिन नबित्दै सेटिङ गरेर असुलीका लागि दर्जनभन्दा बढी बिचौलियाहरू परिचालन गरिसकेको स्रोतको दाबी छ।

स्रोतका अनुसार आगामी १७ माघदेखि नयाँ र वर्ग थप (क्याटेगोरी ए, के, बी, सी, सी१, तथा मेशिनरीको लिखित र प्रयोगात्मक परीक्षामा पास गराइदिनका लागि बिचौलियाहरूले अहिले देखि नै रकम असुल गर्न थालेका छन्।

पाँच दिन पहिला कार्यालय प्रमुख भएर आएका अविन्दर दासले सवारी चालक अनुमति पत्र विक्री गरेर करोडौं कमाउने योजना बनाएको कार्यालयका एक कर्मचारीले नाम नछाप्ने शर्तमा यस अनलाइनलाई बताएका छन्। प्रमुख दासले प्रदेश सरकारलाई भेटी चढाएर आफू यहाँ आएको र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको नजिक रहेकोले कसैले केही गर्न नसक्ने भन्दै खुलेर पैसाको बार्गेनिङ गर्ने गरेको स्रोतको दाबी छ । दास यातायातमा सबैभन्दा बढी अवसर पाउने र कमाउनेमा पर्दछन्। उनी यसअघि नै यातायात व्यवस्था कार्यालय वीरगंज, पर्सा र गौर, रौतहटमा बसेर अकूत पैसा कमाएका विवादास्पद हाकिम हुन्। अहिले उनी यातायात व्यवस्था कार्यालय कलैया, बारामा पुगेका छन्। उनले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिले वीरगंजको श्रीपुरमा फ्याक्ट्री सञ्चालन गरेको स्रोतको दाबी छ। यस्तै उनले भ्रष्टाचार गरेर कमाएको सम्पत्तिले वीरगंजसहित कयौं स्थानमा घरघडेरी जोडेको स्रोतको दाबी छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

रौतहटमा सेटिङमार्फत असुलीको आरोप । यातायात व्यवस्था कार्यालय बाराका प्रमुख दास निजामती सेवामा विवादास्पद कार्यालय प्रमुखका रूपमा चिनिन्छन्। यातायात व्यवस्था कार्यालय गौर, रौतहटका प्रमुख रहँदा दासको असुली काण्डले सिमा नाघेको थियो। त्यहाँ पनि सेटिङमा लाइसेन्स बिक्री गरेको र बिचौलियामार्फत असुली गरेको आरोप छ। दास रौतहट यातायात प्रमुख हुँदा दर्जनौं दलाल परिचालन गरी अबैध असुली गरेको आरोप लागेको थियो। रौतहटमा प्रमुख दासले दलालमार्फत खुलेयाम रकम लिएर चालक अनुमति पत्र खरिद-बिक्री गर्ने काम गरेको आरोप छ। यस्तै, स्कुटर, जिप, कार, टेम्पो, ट्याक्टर लगायतका सवारी साधनको अनुमति पत्र वितरण तथा सवारी साधनको नवीकरण, सवारी दर्ता, सवारी जाँचपास र नामसारी लगायतका कार्यको लागि आर्थिक लेनदेन दलालमार्फत गरेको आरोप छ।

अनियमिततामा मुछिएका दासको विगत

यातायात व्यवस्था कार्यालय वीरगंजमा नायब सुब्बा हुँदा निलम्बन समेत परिसकेका विवादास्पद हाकिम छन् अविन्दर दास। यस्तै यातायात व्यवस्था कार्यालय वीरगंजमा रहँदा कानून विपरित भारतीय सवारी चालक अनुमति पत्रलाई नेपालीकरण गरेको र त्यसको अभिलेख समेत नष्ट गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज १४ गते आइतवार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेपछि छ वर्षअघि यातायात व्यवस्था कार्यालय वीरगंजबाट निलम्बनमा परेका थिए।

Karaiya Mai Notice Winter

साथै, नेपालीकरणको लागि प्राप्त निवेदन र सोसँग संलग्न अन्य कागजातहरू र सफल परीक्षार्थीका उत्तरपुस्तिका लगायतका कागजात काम (तामेल भएको एक वर्ष नपुग्दै प्रमाण लोप गर्ने मनसायले नियम विपरित कागजात धुल्याइ सरकारी कागजात नष्ट गर्ने कार्यमा संलग्न कार्यालय प्रमुख विश्वराज नेपाल, तत्कालीन शाखा अधिकृत उमेश रेग्मी र तत्कालीन नायव सुब्बा अविन्दर दासले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम कसूर गरेको देखिन आएकोले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम सजाय हुन मागदावी गरिएको थियो।

शक्ति केन्द्रहरू खेलाउन सक्ने दास अख्तियारलाई समेत आर्थिक प्रभावमा पारेर मुद्दा कमजोर बनाउन सफल भएको बताउँछन्। ‘अख्तियार, नेता सबैलाई कसरी हात लिनुपर्छ, सबै मलाई थाहा छ,’ भन्नुहुन्छ उनी। उनका समकक्षीहरूको भनाइअनुसार उनको सम्बन्ध त मन्त्रालयभन्दा सिधै मुख्यमन्त्री कार्यालय र संघीय मन्त्रीसँग रहेको छ। ‘मन्त्रीको कुरै छोडौं, मुख्यमन्त्री सिंह पनि दासको सेटिङमा सामेल छन्, उनी खुलेरै कर्मचारीलाई बताउने र धम्काउने गरेका छन्,’ कार्यालयका एक कर्मचारीले भने।

सत्यनारायण साहको संलग्नता

प्रमुख दाससँगै हाजिर भएका अर्का कर्मचारी सत्यनारायण साह अबैध असुलीमा माहिर खेलाडी हुन्। सत्यनारायण साह हाजिर भएपछि दलाल र सेवाग्राहीसँग पैसा उठाउन कार्यालयमा हालीमुहाली चल्ने भएपछि अन्य अधिकृतहरू किनारा लागेका छन्। साह वीरगंज यातायातमा अबैध असुली गरेका बदनाम र घुस्याहा कर्मचारी हुन्। उनले वीरगंजबाट बारा गएर मोटो रकम असुल गरि फेरि पर्सामा काज गराए, तर उनको यसपटक पर्सामा कुनै चारा नचलेपछि एक महिनामै पुनः बारामा गएका छन्।

यातायात व्यवस्था कार्यालय गौर रौतहटमा निमित्त हाकिम बनेर गएका दास पछि प्रदेशको बढुमा परेर हाकिम बने, तर मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दासको त्यहाँ सरुवा गरे। स्रोतका अनुसार सरुवा हुनासाथ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा, अर्थात् मुख्यमन्त्रीलाई मोटो रकम बुझाएर थमौती गराएको थियो। तर आर्थिक चलखेल गरि थमौती गराएको कुरा यातायात मन्त्रीसम्म पुगेपछि दासलाई मन्त्रालयले तानेको थियो। त्यसपछि दासले मुद्दा गरेर मुद्दा जितेपछि उनलाई बारा यातायात प्रमुखमा सरुवा गरियो, तर बारा यातायात प्रमुखमा सरुवा गरिएको विषयमा यातायात मन्त्री कौशल किशोर रायलाई थाहा भएपछि उनलाई बाटोबाट नै मन्त्रालय फर्काएका थिए। त्यसपछि यातायात मन्त्री रायलाई मुख्यमन्त्री सिंहले दबाब दिएर, भनसुन गरेर कन्भिन्स गरि मिलाएर फेरि दासलाई बाराका लागि रवाना गरेका थिए।

मुख्यमन्त्री सिंहको ‘ग्रीन सिग्नल’ पछि दास यातायात कार्यालयमा सरुवा भएका छन्। प्रदेशभित्रका कर्मचारीको सरुवा र थमौती मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गर्ने गरेको छ। यातायातका कर्मचारी सरुवा गर्दा मुख्यमन्त्री कार्यालयले श्रम तथा यातायात मन्त्रालयसँग समन्वय नगरी सरुवा गरेको कर्मचारीको भनाइ छ। यातायात मन्त्री राय दाससँग असन्तुष्ट छन्। रायले दासलाई कुनै जिम्मेवारी नदिने थिए, तर मुख्यमन्त्री सिंहको दबाबमा प्रमुखको जिम्मेवारी दिइएको छ।

Baiju sah