CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सगरमाथा माध्यमिक विद्यालयको ९औं विज्ञान मेला सम्पन्न

फेटा GP PSA
311
सिम्रौन्गढ़ नपा psa

वीरगंज – मुर्ली टोलस्थित सगरमाथा माध्यमिक विद्यालयले सोमबार ९औं विज्ञान तथा प्रविधि प्रदर्शनी (विज्ञान मेला) आयोजना गरेको छ। कार्यक्रममा कक्षा ४ देखि १० सम्मका ११० जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले आफ्नै खर्चमा विभिन्न रचनात्मक परियोजनाहरू तयार गरी प्रदर्शनीमा प्रस्तुत गरे।

कार्यक्रमका सभापति विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ता, प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका अध्यक्ष ब्रिजकिशोर पटेल, विभिन्न विद्यालयका प्रधानाध्यापक, अभिभावक, शिक्षक-शिक्षिकाहरू, कार्यक्रमका संयोजक संजीव यादव र एड रोबोटिक कम्पनीका सञ्चालक सिद्धार्थ पटेल पनि उपस्थित थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

कार्यक्रमका संयोजक संजीव यादवले प्रदर्शनीको उद्देश्य विद्यार्थीहरूको क्षमता अभिवृद्धि र व्यक्तित्व विकास रहेको बताए। उनले भने, “विद्यार्थीहरूले पठनपाठनको समय बाहेक ७ दिनको तयारीपछि विभिन्न परियोजनाहरू तयार पारेका थिए। यस प्रकारका कार्यक्रमहरूले विद्यार्थीहरूको सिर्जनशीलता र प्रतिभा प्रदर्शन गर्ने मौका दिन्छ।”

Karaiya Mai Notice Winter

विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ताले विद्यालयको उद्देश्य केवल पठनपाठनमा सीमित नरही विद्यार्थीलको सर्वांगीण विकास गर्नु रहेको बताए। उनले यस्तो क्रियाकलापहरूको महत्व जोड्दै भने, “पढाइको साथसाथै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा मद्दत गर्छ।”

प्रमुख अतिथि ब्रिजकिशोर पटेलले विद्यार्थीहरूले प्रस्तुत गरेका परियोजनाहरूको प्रशंसा गर्दै भने, “यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा वैज्ञानिक सोच र नवीनताको विकासमा योगदान पुर्याउँछन्।”

विज्ञान, प्रविधि, कला र सामाजिक विषयहरूमा आधारित विभिन्न परियोजनाहरू यस प्रदर्शनीमा प्रस्तुत भएका थिए, जसले विद्यार्थीहरूको सिर्जनशीलता र प्रतिभाको परिचय दिएको थियो। विद्यालयले भविष्यमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्ने योजना बनाएको छ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश