CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

जसपा नेपालको जिल्ला अधिवेशनको निर्वाचनले व्यवस्थित भएको अन्य दलको बुझाई : रामकिशोर यादव

फेटा GP PSA
5,457
सिम्रौन्गढ़ नपा psa

कलैया, बारा।

जसपा नेपालको जिल्ला निर्वाचनले व्यवस्थित भएको अन्य दलहरुको धारणा तथा बुझाइ रहेको जसपा नेपालका केन्द्रिय सदस्य रामकिशोर यादवले सपथग्रहण कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा बताएका थिए। अन्य दलहरूमा समाजिक सद्भाव नरहेको बुझिएको हो, सोही कुरा हाम्रो पार्टीमा पनि विस्तारै समाहित हुँदै गएको कुराले हामी लाई सचेत हुन आवस्यक रहेको कुरामा चिन्ता व्यक्त गरेका थिए। अरुदलहरु सामन्तवाद र पुँजीवाद वाट उतप्रेरित तथा ग्रसित रहेको हुनाले मानवता तथा समाजिक्ता संग कुनै सरोकार नराख्ने भएकोले जसपा नेपाल लाई व्यवस्थित नरहेको टिप्पणी गर्नेगरेका थिए। र यहि बारा जिल्लामा पार्टी अधिवेशन भएर नव निर्वाचित हुने बित्तिकै अरु दलहरुले व्यवस्थित भएको भन्ने गरेका छन्। सोही कुराले यदि समाजिक सद्भाव नै नरहे समाजवादको कुनै औचित्य नै नरहने देखिन्छ। हाम्रो जनता समाजवादी पार्टी नेपाल भनेको समाज तथा देशमा समाजिक सद्भाव कायम राखी समाजमा मानवता, अमन चयन कायम गरि समाज लाई सभ्य समाज बनाउने अभिभारा बोकेको पार्टी भएको नाताले हामी बिचमा यो परम्पराले समाजिक्तामा खलल पुर्‍याउने तत्व भएको कुरा ठिक नभएको बुझाइ रहेकोे धारणा व्यक्त गरेका थिए।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

हुनत यो चुनाव भनेको लोकतान्त्रिक गणतन्त्रको आभुसन हो तर पनि यो प्रबिधिमा समाजिक सद्भावको अभाव देखिने भएकोले समाजवादले यो कुरामा अंकुश लगाउन अति आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। किनकी उदाहरण स्वरुप अरुदलहरुको चुनावमा रक्तपिपाशु भएको कुरा पनि सार्वविदित नै रहेको छ। जस्तै नेपाली काङ्ग्रेसको अधिवेशनमा बारा जिल्लाकै एतिहासिक नगरी सिम्रौनगढमा रगत बगाएर झैझग्डा भएको कुरा सर्वविदित नै रहेको छ। सुवर्ण गाउँपालिकामा पनि त्यस्तै गोली चलेकै थियो तर संयोग बस कसैको ज्यान जानबाट झन्डै झन्डै जोगिएका थिए। एमाले र माओवादी एकीकरण भएको बेला पर्सा जिल्लामा पनि चौरसिया काण्ड अझै ओझेलमा रहेको उदाहरण हरु लाई संकेत गर्दै यो अराजक्ता बाट सावधान हुन लाई पार्टीका नेतृत्व वर्गलाई सचेत गरेका थिए।

पार्टीका नव नेतृत्व पदाधिकारीहरु लाई पार्टी भित्रका आन्तरिक द्वन्द लाई न्यूनीकरण गरि एक सुत्रमा बाध्न लाई आग्रह समेत गरेका थिए। र प्रतिस्पर्धामा पछाडि परेकाले पनि द्वेष आक्रोश नराखी एक आपसमा समाजवाद लाई जोगाउन लाई समेत आग्रह गरेका थिए।

अधिवेशनबाट अध्यक्षमा रमेश यादव, उपाध्यक्षमा शिवेन्द्र प्रताप सिंह र पुनम कुशवाहा , सचिवमा शम्भु कुमार गुप्ता, सह सचिवमा सिकेन्द्र दास र नन्दन गुप्ता र कोषाध्यक्षमा विनोद प्रसाद यादव सहित ५० जना जिल्ला सदस्य निर्वाचित भएका छन ।
वैशाख १३ गते उद्घाटन भएको प्रथम जिल्ला अधिवेशनको मतपरिणाम सोमवार सार्वजनिक भएको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश