

विराटनगर । प्रदेश नं. १ को जहदा गाउ“पालिकाले आफ्नो सातवटै वडाका जनप्रतिनीधिहरुलाई वार्षिक योजना निर्माण, स्थानीय सरकारको वार्षिक बजेट र संघिय प्रणाली र स्थानीय तह मेलमिलाप र समसामायिक विषयको ७ दिने अन्तरक्रिया तालिम सम्पन्न गरेका छ ।
वडाका वडा अध्यक्ष वाहेक वडा सदस्य, महिला सदस्य, दलित सदस्य र मनोनित सदस्यहरुलाई सो तालिममा सहभागी गराई स्थानीय तहमा हुने योजना छनौट, स्थानीय तहको आवश्यकता, बजेटको संचालन, संघिय प्रणाली र स्थानीय तहको वारेमा जानकारी गराएका थिए ।
सो तालिमलाई गाउं पालिकाका अध्यक्ष राम कुमार कामत, उपाध्यक्ष मञ्जिता कुमारी सरदार र गाउंपालिकाका कार्यकारी प्रमुख गणेश बहादुर कार्कीले सहजी करण गर्नु भएको थियो ।
उक्त तालिमामा सातवटै वडाका ३० जनाको सहभागीता रहेको थियो । जसमध्ये १४ जना पुरुष र १६ जना महिलाहरुको सहभागीता रहेका थियो । सो तालिमको लागि ५ लाख बजेट विनियोजन गरेको थियो ।
