CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

रौतहटमा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु

फेटा GP PSA
1,208
सिम्रौन्गढ़ नपा psa

बिकास पाण्डे, रौतहट ।।  रौतहटमा ट्रयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । रौतहटको मौलापुर नगरपालिका र देवाही गोनाही नगरपालिकाको सिमानामा रहेको लालबकैया पुलको नजिकको छरकीबाट ना ६ त ५८२५ नम्बरको ट्रयाक्टर पल्टिदा ट्रयाक्टरका साहु बौद्धमाई नगरपालिका इर्नवा टोलमा बस्ने अन्दाजी ५५ वर्षीय शिवपुजन साहको मृत्यु भएको हो ।

Karaiya Mai Notice Winter

रोटाबेटरबाट खेत जोतेर घर फर्किने बेलामा बाटो साँघुरो रहेको र दुबै तिरबाट ढुङ्गा राखिएकोले ट्रयाक्टर पास गर्ने क्रममा लालबकैया पुल भन्दा करिव १०० मिटर दक्षिण ५ मिटर तल झर्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रयाक्टरका साहु शिवपुजनलाई उपचारका लागि बाहिर लैजाने क्रममा चन्द्रनिगाहपुरमा उनको मृत्यु भएको थियो । घटनाको बिषयमा विस्तृत अनुन्सन्धान भइरहेको देवाही गोनाही इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Baiju sah