CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराको पचगछियाबाट धडल्ल तस्करी, प्रहरी र सशस्त्रको मिलेमतो ?

फेटा GP PSA
130
सिम्रौन्गढ़ नपा psa

बारा – सरकार लक्ष्यअनुसारको राजश्व संकलन गर्न असफल भइरहेको छ, र यसको मूल कारण सीमावर्ती क्षेत्रबाट हुने चोरी–तस्करी नै हो। आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहँदा पनि राजश्व संकलन ऋणात्मक अवस्थामा पुग्नु सरकारका लागि चिन्ताको विषय बनेको छ।

चोरी–तस्करी नियन्त्रणका लागि पटक–पटक समिति गठन गरिए पनि कार्यान्वयनको अभावमा परिणाम निस्कन सकेको छैन। विशेषगरी भारतसँग सीमा जोडिएका जिल्लाहरूबाट हुने संगठित तस्करी नियन्त्रण नहुँदासम्म राजश्व संकलनमा सुधार सम्भव देखिँदैन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

पछिल्लो एक सातादेखि बाराको पचगछिया नाकाबाट व्यापक तस्करी भइरहेको छ। नेपालतर्फ पचगछिया र भारततर्फ बिरवास्नी नाम रहेको यस नाकाबाट किराना सामानदेखि गाईगोरूसम्म तस्करी भइरहेका छन्। ती सामानहरू कबही, चरमोहना, तेलकुवा हुँदै बरियारपुरसम्म पुर्‍याइन्छन्।

Karaiya Mai Notice Winter

यसबिच, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका चौकी, बिओपी र बेशहरू भए पनि तस्करी नियन्त्रणमा असफल छन्। कबही प्रहरी चौकीका प्रमुख सई आभास महमद अन्सारी र स्थानीय सशस्त्र बिओपीका प्रमुख प्रहरी निरीक्षक श्यामबाबु यादव रहेको क्षेत्रमा नै तस्करी रोकिएको छैन।

स्थानीय बासिन्दा गगन यादवका अनुसार, “यति ठूलो स्तरको तस्करी प्रहरी मिलेमतोबिना सम्भव छैन। प्रत्येक सुरक्षा निकायलाई मासिक रकम बुझाएर कारोबारीहरूले धन्दा चलाइरहेका छन्।”

तस्करीमा संलग्न कारोबारीहरूमा सुरेन्द्र यादव, संजय, प्रेमशंकर, उमाशंकर, प्रभु, प्रमोद, इन्द्रकिशोर यादव, शम्भु यादव, राजकिशोर यादव, ओम प्रकाश यादव, राजमहमद अन्सारी, राकेश सिंह, मदन पण्डित लगायतको नाम आएको छ। किराना सामानको तस्करीसँगै राकेश सिंह र मदन पण्डितजस्ता व्यक्तिहरू गाईगोरूको तस्करीमा समेत संलग्न रहेको बताइएको छ।

राज्यले सीमावर्ती क्षेत्रको सुरक्षाका लागि सशस्त्र प्रहरी बललाई विशेष जिम्मेवारी दिँदा पनि प्रभावकारी परिणाम नदेखिनु नीतिगत विफलताको संकेत हो। दुई महिना अघि सशस्त्र प्रवक्ता डिआइजी कालिदास धौबजीले कबही बिओपी प्रमुख श्यामबाबु यादवलाई तस्करी मामिलामा छानबिन गर्दै बाहिनीमा तानेका थिए। तर, फेरि सोर्सफोर्स लगाएर फर्केका उनी नेतृत्वमा रहेको क्षेत्रमा अहिले झनै बढी तस्करी भइरहेको छ। साभार – जन प्रहार

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश