CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

बाराका हावाहुरी प्रभावित परिवारलाई पत्रकार पटेलको पहलमा ७० वटा कुकर वितरण

फेटा GP PSA
1,193
सिम्रौन्गढ़ नपा psa

रौतहट । बाराको परसौनी गाउँपालिकामा महाविनाशकारी हावाहुरी पीडित परिवारलाई राहत वितरण गरिएको छ । चैत १७ गते आएको महाविनाशकारी हावाहुरीबाट बारा र पर्सा जिल्लामा २९ जनाको मृत्यु भएको थियो भने १४ सय ५३ जनाको घर पूर्णरुपमा क्षति भएको प्रारम्भिक तथ्याङकले बताएको छ । महाविनाशकारी हावाहुरी प्रभावित बाराको परसौनी गाउँपालिकाको वडा नं ४ खुटवा जब्दी टोलका पीडित परिवारमा कुकर वितरण गरिएको छ।

गरिब निसहायको दुःख तथा आर्थिक स्थिति धेरै दैनिय रहेकोमा रिपोर्टर्स क्लब नेपाल प्रदेश न. २ का कोषाध्यक्ष एवं मधेश मिडिया प्रा.लि.का अध्यक्ष रौतहट जिल्ला निवासी युवा अभियनता अभिमनु कुमार पटेलको विशेष पहलमा राहत वितरण गरिएको छ । हावाहुरी प्रभावित ७० वटा परिवारलाई प्रतिपरिवारमा एउटा कुकर वितरण गरिएको पत्रकार अभिमनु पटेलले जानकारी दिए । उनले हावाहुरीले घरबारबिहीन बनेका र आफन्त गुमाएकालाई सबैले सहानुभूति र सहयोग गर्नुपर्ने बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

पर्सा जिल्लाका प्रभावशाली अभियनता प्रकाश थारु र राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय सदस्य विवेक कुमार यादव लगायतको टोली राहत वितरणका लागि खुटवा जब्दी पुगेका थिए । राहत लिन आएका हावाहुरी प्रभावितले भने राहत वितरणमा धेरै राजनीति करण भएता पनि यो राहत हामी पीडित परिवालाई प्रत्येक्ष आफनो रोहबरमा वितरण गर्नुभएकोले खुशी लाग्यो । सर्लाही प्रवासी सेवा समाज कतार, नेपाल नगरपालिका संघ प्रदेश नं २ का अध्यक्ष तथा परोहा नगरपालिका प्रमुख शेख वकिल, प्रभाकर शाह फिलिपिन्सि, मो.मुस्ताक आलम कतार लगायत अन्य सहयोगीहरुको उपलब्ध समेत रहेको अभियनता पटेलले बताए ।

आफुले कुनै सहयोग कार्यको लागि अभियान सुरु गर्ने बितिकै म माथी बिस्वास गरेर देश बिदेशबाट राहत दिने सहयोग गर्ने सम्पूर्ण महान हृदय प्रति अभार व्यक्त गर्दै एवं उहाँहरु साधुवादको पात्र हुन पटेलले बताए । सोही वडाका वडाअध्यक्ष नन्दु कुमार गुप्ता, बृजकिशोर साह, गण्डक प्रहरी चौकीका प्रमुख लगायत जनसमुदायको उपस्थितिमा सो राहत वितरण गरिएको अभियनता पटेलले बताए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश