
कलैया, बारा ।
बारा निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापा कोल्हबीमा आइपुग्दा पार्टीका पूर्व सहमहामन्त्री उमाकान्त चौधरीको अनुपस्थितिले कांग्रेसभित्र गम्भीर अन्तरविरोध प्रष्ट देखिएको छ।



कार्यक्रममा उमाकान्त चौधरी मञ्चमा नदेखिए पछि कांग्रेस कार्यकर्ता र मतदातामाझ असन्तुष्टि चुलिएको छ भने थारु समुदायको मत जनमत पार्टी तर्फ ढल्किने स्पष्ट संकेत देखिन थालेको छ।
थारु समुदायमा राम्रो प्रभाव भएका उमाकान्त चौधरी कार्यक्रममा अनुपस्थित रहनु कांग्रेस उम्मेदवार शम्भु बुढाथोकीका लागि ठूलो धक्का लागेको मानिएको छ। कार्यक्रममा हजारौं सहभागी देखिए पनि बुढाथोकीको अनुहारमा समेत उत्साहभन्दा बढी चिन्ता देखिएको सहभागीहरूले बताएका छन्।
स्थानीय थारु तथा आदिवासी समुदायका मतदाताहरूले यसपटक कांग्रेसलाई भन्दा नागरिक जनमत पार्टीका उम्मेदवार डा. कमरुल्लाह अंसारी लाई ‘हरण’ चुनाव चिह्नमा मतदान गर्ने खुला संकेत दिन थालेका छन्। उमाकान्त चौधरीको मौनता र दूरीले कांग्रेसको परम्परागत मत बैंक कमजोर हुने विश्लेषण गरिएको छ। जस मध्ये निर्वाचन क्षेत्र १को “ख” हरण बाट अधिक प्रभावित बनेका छन्।

कांग्रेस शीर्ष नेतृत्व चुनावी सभामा सक्रिय देखिए पनि स्थानीय स्तरमा नेतृत्वबीच समन्वय अभाव र असन्तुष्टिका कारण पार्टी कमजोर बन्दै गएको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ।
बारा–१ मा कांग्रेसभित्रको आन्तरिक खटपट खुला रूपमा देखिन थालेपछि चुनावी प्रतिस्पर्धामा कांग्रेस रक्षात्मक अवस्थामा पुगेको आकलन गरिएको छ।
उमाकान्त चौधरीको निष्क्रियता कायम रहेकोले अब थारु मत ठूलो मात्रामा ‘हरण’ छापमा जाने सम्भावना बलियो बन्दै गएको स्थानीय जानकारहरूको भनाइ छ।






Comments are closed.