CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

सुबिधा सम्पन्न पार्क को शिलान्यास

फेटा GP PSA
1,042
सिम्रौन्गढ़ नपा psa

विराटनगर,कौशल निरोला

Karaiya Mai Notice Winter

विराटनगर महानगरपालिकाले वडा न. ९ को ए र वि प्लटमा सुविधासम्पन्न पार्कको सोमबार शिलन्यास गरेको छ ।
विराटनगर महानगरको ७० लाख र प्रदेश न. १ का प्रदेश सभा सदस्य केदार कार्कीको संसदकोषबाट ४८ लाखको लागतमा उक्त पार्क बन्न लागेको हो । नेपाली काग्रेसका प्रभाबशाली नेता डा. शेखर कोईलाले पार्कको शिलन्यास गरे । डा. कोईराला संगै प्रदेश सभा सदस्य केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली , उप–प्रमुख ईन्दिरा कार्की ,वडाध्यक्ष विश्वनाथ भगत लगायत शिलन्यास कार्यक्रममा सहभागी भए । ए र वि प्लटको गुदरी बजार हटाए पछी लामो समयदेखि उक्त स्थान खाली रहेको थियो । उक्त स्थानमा ब्यापारिक भवन बनाउने योजना रहेपनी आपत्तकालिन अवस्थामा सुरक्षीत स्थानको अभाव भएको भन्दै विराटनगर महानगरपालिकाले गे्रनरी पार्कको अवधारणा ल्याएको हो । १ कठ्ठा ६ धुर रहेको उक्त स्थानमा फाउन्टेन ग्रेनरी , फर्नर रेस्ट , फ्रि वाईफाई , सहित लाईटिङ प्रणालीभएको पार्क बन्ने विराटनगर महानगरपालिकाका ईन्जिनियर अर्जुन थापाले जानकारी दिए । शिलन्यस समारोहमा बोल्दै डा. कोईरालााले जनचाहाना अनुरुपमा संरचना बनाउनुपर्नेमा जोड दिए । प्रमुख सचेतक कार्कीले जनताको सेवालाई ध्यानमा राखेर पार्क निर्माण गर्न लागीएको बताए । कार्यक्रममा बोल्दै मेयर पराजुलीले नगरबासीकालागी राम्रो उपहार हुने बताए ।आपतकालिन स्थितीमा शुरक्षित स्थान र अन्य बेला आराम स्थल हुने मेयर पराजुलीको भनाइ थियो । उप–मेयर इन्दिरा कार्कीले जनचाहाना अनुसार नै पार्क निर्माणको काम शुरु गरेको बताइन ।

Baiju sah