CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

राजविराजमा दलित छात्राबासको शिलान्यास

Pheta Chhath Shubhakamana
1,247
Bara Gadhi Notice winter

राजविराज, जेठ १५। सप्तरीको बिष्णुपुर गाउँपालिका ५ रंजितपुरमा निर्माण हुन लागेको दलित छात्राबासको आज शिलान्यस गरिएको छ । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसले उपलब्ध गराएको करिब २ कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको दलित छात्राबासको बिष्णुपुर गाउँपालिका ५ का वडाअध्यक्ष बहादुर सदा र राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादवले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

Karaiya Mai Notice Winter

प्रदेश २ सरकारको रु. ९९ लाख ५० हजारको लागतमा निर्माण हुन लागेको दति छात्राबास भवन एक बर्षभित्र सकिने लक्ष्य लिएको निर्माण समितिका अध्यक्ष दिनेश शर्मा खत्बेले जानकारी दिनुभयो । सो छात्राबास निर्माण भएपछि दलित छात्राहरु उच्च शिक्षातर्फ आकर्षित हुने अनुमान गरिएको छ ।

शिलान्यास कार्यक्रममा महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख डा. शिबनरायण यादव, प्रदेश २ का शिक्षा कार्यदलका सदस्य सन्तोष कुमार चमन, दलित छात्राबास निर्माण समितिका पदाधिकारी तथा स्थानीय समाजेवी लगायतको उपस्थिति रहेको थियो ।

Baiju sah