CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

अपहरण पछि फिरौती पछि हत्या, प्रहरीद्दारा नियन्त्रणमा लिन गोली प्रहार

फेटा GP PSA
1,631
सिम्रौन्गढ़ नपा psa

बारा ।। वीरगंज-३ स्थित प्रगतिनगर बस्ने शम्भु साहको छोरा वर्ष ८ को करण साह यहि जेष्ट १० गते शुक्रवार निजकै घर अगाडी खेलिरहेको अवस्थाबाट अं.१०/११ बजेको समय देखि हराएकोमा सोही दिनको साढे नौ बजे नचिनेको मोवाईल फोन नं.बाट फोन गरी रु ३० लाख फिरौती माँग गरेको भनी सोहि दिन अं.राती सवा १० बजेको समयमा मोवाईल फोन मार्फत प्रहरीलाई जानकारी दिएको थियो ।

तत्काल अनुसन्धान सुरु गरी घट्नामा संलग्न व्यक्तिहरुको खोजतलाश गर्ने क्रममा जेष्ट १४ गते प्रदेश नं. २ प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकित व्यक्तिहरु भारत घर बताउने वीरगंज प्रगतिनगर डेरा गरी वस्ने वर्ष अं. २०/२१ को विकाश शर्मा, जि.बारा, कलैया उ.म.न.पा.वडा नं.११ वस्ने वर्ष अं.२१/२२ को सिकेन्द्र साह तेली र जि.बारा, खपरताता वस्ने वर्ष अं.२०/२१ को राम विनेश महतोलाई नियन्त्रणमा लिइएको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

नियन्त्रणमा आएका व्यक्तिहरुबाट खुल्न आए अनुसार बच्चा मारी फालिएको घटनास्थल जि.बारा कलैया उ.म.न.पा.वडा नं.२५ स्थित खौराही खोलामा प्रहरी जेष्ट १५ गते विहान ०२:०० बजे पुगि अनुसन्धान भई रहदा प्रहरीलाई झुक्काई छली निजहरु भाग्ने प्रयास गरेकोले निजहरुलाई नियन्त्रणमा लिन गोली चलाउदा विकाश शर्मा र सिकेन्द्र साह तेलीलाई कम्मर मुनिको भाग दाहिने खुट्टामा गोली लागेको, निजहरुको कलैया अस्पतालमा उपचार भई रेफर भएपछि हाल नारायणी अस्पतालमा उपचार भइ रहेको ।

प्रारम्भिक अनुसन्धानको क्रममा निज विकाश शर्मा पीडित शम्भु साहको छिमेकी रहेको र पीडितसंग बेलाबेलामा झगडा हुने गरेकोले निजलाई तह लगाउनु पर्यो र पैसा पनि कमाउनु पर्यो भनी साथी सिकेन्द्र साह तेली र राम विनेश महतोलाई भनेपछि निजहरुले शम्भु साहको छोरा करण साहलई अपहरण गर्ने योजना बनाई जेष्ट १० गते शुक्रवार अपहरण गरी बिभिन्न प्रलोभन देखाई बारा लगेको खुल्न आएको जिप्रका पर्सा ले जनाएको छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश