CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सिरहा बजारमा कार्वाइड हालेर पकाएका आँप जताततै बिक्री

फेटा GP PSA
1,401
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा, सिरहा ।।  सिरहा जिल्ला भरीको बजारहरुमा विषादी प्रयोग गरेर पकाइएका भारतीय आँप बिक्री वितरण भइरहेको छ । नेपालमा लगाइएको आँप जेठको तेस्रो सातापछि मात्रै पाक्ने भएपनि सिरहाको बजारहरुमा अहिले कर्वाइट नामक विषादी हालेर पकाइएका भारतीय आँप बिक्री वितरण भइरहेको पाइएको छ ।

यो बिचमा मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँप सिरहा सहित प्रदेश नं.२ का जिल्लाहरुको बजारमा खुल्याम रुपमा बिक्रि वितरण भइरहेको पाइएको छ । भारतको विभिन्न स्थानमा रहेका फलफूलका गोदामहरुमा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु प्रदेश नं.२ का विभिन्न जिल्लाका शहरहरुमा बिक्रिको लागि धमाधम ल्याउने गरिएको छ । यसरी विभिन्न बिषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकोले खान नहुने प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमूख डा.राकेश यादवले बताएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रदेश नं.२ का ८ जिल्लामा भारतीय आँप बिक्री वितरण भइरहेको छ । सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, रौतहट, बारा, पर्सा लगायतका जिल्लाहरुका बजारमा समेत कर्वाइट हालेर पकाइएका भारतीय आँप बिक्री वितरण भइरहेको छ । कृषि ज्ञान केन्द्र राजविराजका योजना अधिकृत किशुनदेव राउतका अनुसार नेपालमा आँप भर्खर बतिला बढ्ने क्रममा रहेको भएपनि भारतबाट बैशाख देखि नै आँप ल्याएर बिक्री हुने गरेको छ ।

Karaiya Mai Notice Winter

राउतले भने, ’नेपालमा उत्पादित आँप जेठ तेस्रो साताबाट मात्र खानयोग्य हुन्छ । अहिले बजारमा पाइने आँप, छिटो पकाउन कर्वाइट विषादी प्रयोग गरिएकाले ती आप नखाँदा नै उपयुक्त हुने सुझाव उनको छ । प्रदेश नं.२ को बजारहरुमा अहिले भारतबाट ल्याएका आँप प्रतिकिलो १ सय देखि १ सय ७० रुपैयाँमा बिक्री भइरहेको छ ।

विषादी राखेर पकाइएका आँप खाँदा टाउको दुख्ने, निन्द्रा लाग्ने, मानसिक तथा नशासम्बन्धी समस्या देखापर्ने,े र झाडापखलालगायतका रोग देखा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयाका प्रमूख डा.राकेश यादवले बताए । त्यसै गरि प्रदेश नं.२ का ८ जिल्ला मध्ये सिरहा जिल्ला आँपको राजधानी मानिने छ । सिरहामा अहिले भारतको विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका आँप बिक्री भइरहेको छ ।

स्थानीय किसानको बगैँचामा फलेको आँप जेठको तेस्रो सातापछि मात्र पाक्ने भएकाले भारतको विभिन्न स्थानका फलफूल गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँप सिरहा सदरमुकाम, लहान, गोलबजार, मिर्चैयालगायत शहरमा बिक्री भइरहेको स्थानीय विनोद कुमार साहले बताएका छन् । आँप उत्पादनको दृष्टिकोणले सिरहा जिल्ला अग्रणी मानिन्छ । यहाँ कूल पाँच हजार भन्दा बढी आँप खेतीयोग्य जग्गा रहेका छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश