प्रणय साह, जेष्ठ २० ।। बीरगंजको रानीघाटमा अवस्थित जीवन ज्योती माध्यमिक बिद्यालयले आज एक समारोहका बीच इन्भेटिचर सेरोमनी (ब्याच बितरण) कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी बरख गण बीरगंजका सेनानी श्रजनबहादुर मल्लले पानसमा बत्तीबालि कार्यक्रमको बिधिवत रुपमा उदघाटन गर्नु भएको हो । बिद्यालयमा अध्यन्नरत कक्षा एक देखी १० सम्मका बिद्यार्थीहरु मध्ये छानिएका ६० जना क्याप्टेनहरुलाई ब्याच बितरण गरिएको थियो ।
कार्यक्रममा स्कुलकी संचालिका मिनाक्षी गुप्ता, डा. श्याम सुन्दर दास, इन्जिनियर मुन्ना सर्राफ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, वडा नम्बर ९ वडा अध्यक्ष मनोज गुप्ता, फोटो पत्रकार महासंघका राम सर्राफ, नेपाल पत्रकार महासंघ पर्साका सदस्य प्रणय कुमारले उक्त बिद्यार्थीहरुलाई स्कुल क्याप्टेन, सहायक स्कुल क्याप्टेन, एकेडेमिक प्रिफेक्ट, डिसिप्लिन प्रिफेक्ट, हाउस क्याप्टेन र इंगलिस स्पिकि¨ सोसाईटीको ब्याच बितरण गर्नु भएको थियो ।
ब्याच बितरण गर्दै सेनानी श्रजनबहादुर मल्लले बिद्यार्थीहरु जुन क्षेत्रमा आवद्ध भएपनि भोलीका दिनको कर्नाधार रहेको बताउनु भयो । बिद्यार्थीहरुको भबिष्य स्वयम बिद्यार्थीहरुको हातमा रहेको हुनाले शिक्षकहरुले पढाएको कुरा राम्ररी सिख्नु पर्ने बताउनु भयो । जीवन ज्योती माध्यमिक बिद्यालयका प्रधानाध्यापक शिव प्रसाद गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा कक्षा ९ का छात्रा जया सर्राफले स्वागत भाषण गर्नु भएको थियो भने शिक्षक उजवल घिमिरे र शिक्षिका सुसिला भण्डारीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । हाल उक्त बिद्यालयमा १२ सयजना बिद्यार्थीहरु अध्ययनरत रहेको छन ।