प्रभु यादव,बारा ।। कलैयाको एक मस्जिदमा आज जेनेरेटर उपलब्ध गराइएको छ । कलैया उपमहानगरपालिका ६ मा रहेको मदर्सा इस्लामिया बहरुल उलुम जमा मस्जिदमा डिजिटल जेनेरेटर उपलब्ध गराइएको छ ।
प्रदेश न. २ का प्रदेशसभा सदस्य माननिय महम्मद समिरले उक्त जेनेरेटर उपलब्ध गराएका हुन् । प्रदेश सभासदस्य कोषको रकमबाट उक्त जेनेरेटर खरिद गरी उपलब्ध गराइएकको समिरले बताए ।
गर्मी मौसम सँगै तराईमा लोडसिडिङ्गको समस्या खेप्नु परेको छ । अल्हाको पुकार गर्ने समयमा बति गइसकेपछि कुनै समस्या नहोस र केहि उर्जा संकटमा सहयोग पुगोस् भनि १५ केभिएको डिजिटिल जेनेरेटर प्रदान गरिएको समिरले बताएका हुन् ।
महम्मद सागिरको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी उक्त जेनेरेटर मदर्सालाई हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रमको प्रमुख आतिथ्यबाट बोल्दै महमद समिरले आफु सके सम्म प्रत्येक क्षेत्रमा सहयोग गर्दै आएको छु र अगामी दिनहरुमा पनि जनतालाई सेवा सहयोग गरि रहने बताए । समस्या लिएर आउनुस आफु सक्दो सहयोग गर्ने प्रतिबधता महमद समिरले जनाए ।
उक्त कार्यक्रममा महम्मद खरुदिन,सहाबुदिन मिया,महम्मद इमरान,इन्जिनियर अफताफ आलम,महम्मद अनवर,मोस्ताक अन्सारी लगाएतको सहभागीता रहेको थियो ।