CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

गाउँपालिकाको सहयोगमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम

फेटा GP PSA
2,366
सिम्रौन्गढ़ नपा psa

हरिशंकर शर्मा, बीरगन्ज (पर्सा), जेठ २१ ।।  बारागढी गाउँपालिका वडा नं. ३ मुर्कीपलिया बस्ने रामअयोध्या मुखियाले आफ्नै गाउँघरमा सीपमुलक तालिम सिक्न पाएपछि उनको खुशीको सीमा छैन । सीप विना वैदेशिक रोजगारको क्रममा विभिन्न देशहरुमा भौतारिदै स्वदेश फर्की आफ्नै गाउँमा सीपमुलक तालिम सिकेर वैदेशिक रोजगार भन्दा बढि पैसा कमाउने लक्ष्य छ उनको ।

खास गरेर ग्रामीण भेगका युवाहरु रोजगारीको लागि विदेशिने क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले बारागढी गाउँपालिकाले आयोजना गरेको मोबाइल रिपेयरिड्ड तालिममा सहभागी मुखियाले यो सीपको सदुपयोग गर्दै व्यवसायिक्ता तर्फ उन्मुख हुने बताए ।
बारागढी गाउँपालिकाको सहयोगमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् जय किसान पोलिटेक्निक इन्स्ट्च्युट धरहरी रौतहटले आयोजना गरेको सिटिभिटिद्वारा संचालित निःशुल्क ३९० घण्टे मोबाइल रिपोरिड्ड तालिममा सहभागी अधिकाँश युवाहरुको भनाई एउटै थियो सीपमुलक तालिम सिकेर गाउँघरमै पसल थाप्ने ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

उच्च स्तरसम्मका शिक्षा हासिल गर्न नसकेका तथा मध्यम स्तरसम्म शिक्षा प्राप्त गरेका ग्रामीण भेगका अधिकाँश युवाहरु रोजगारीको क्रममा विदेशिने गरेका छन् । वैदेशिक रोजगारको क्रममा हुने गरेको दुःख, कष्टबाट गुज्रेका तथा विदेशबाट फर्केर आएका युवाहरु अहिले विभिन्न सीपमुलक तालिममा व्यस्त छन् । गाउँपालिकाले अहिले बेरोजगार भएर बसेका युवाहरुलाई यस्ता सीपमुलक तालिम प्रदान गर्दै स्वरोजगारमुलक बनाउने उद्देश्यका साथ अघि सरेको छ ।

Karaiya Mai Notice Winter

गाउँपालिकाको पहिलो प्राथमिक्तामा रहेको भौतिक पूर्वाधार विकासको साथसाथै दोश्रो प्राथमिक्तामा रहेको युवा तथा युवतीहरुलाई स्वरोजगारमुलक बनाउने योजना अहिले सह्रानीय देखिएको छ । गाउँपालिकाले पहिलो चरणमा सडक पीच बनाउने कार्य सक्याएर युवायुवतीहरुलाई स्वरोजगारमुलक तर्फ उन्मुख गर्न लागि परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीको भनाई छ ।

गाउँपालिकामा अहिले सीप नै धन हो, तालिम नै ज्ञान हो, लगनशीलता नै सफलता हो भन्ने नारा सहित मोबाइल रिपेयरिड्ड तालिम लगायत ६५ दिने आधुनिक तरकारी खेती तालिम, व्युटिसियन तालिम तथा बुटिक तालिम जस्ता सीपमुलक तालिमहरु संचालनमा छन् । यि तालिमहरुमा १ सय भन्दा बढि युवा युवतीहरु सहभागी छन् । मोबाइल रिपेयरिड्ड तालिममा खास गरेर वैदेशिक रोजगारका फर्केका युवाहरु तथा बेरोजगार युवाहरु सहभागी छन् भने आधुनिक तरकारी खेती तालिममा युवती तथा महिलाहरुको सहभागिता छ ।

उनीहरुलाई जैविक मल तथा प्राड्डगरिक मल प्रयोग गरि कसरी बढि भन्दा बढि तरकारी उत्पादन गरि व्यवसायिक्ता तर्फ उन्मुख हुनुपर्ने बारे तालिम प्रदान गरिदैछ । यसैगरि व्युटिसियन तालिममा किशोरीहरुको आकर्षण पनि उत्तिकै छ । गाउँघरमा खासै व्युटिपार्लर बारे चर्चा नरहेतापनि अहिले किशोरीहरु व्युटिसियन तालिम तर्फ आकर्षित छन् । उनीहरुले आफूहरुलाई कसरी बढि भन्दा बढि राम्री देखाउन सकिन्छ भन्नेबारे तालिम प्राप्त गर्न पाएपछि हर्षोल्लासका साथ तालिम प्राप्त गरि रहेका छन् ।

तालिम प्राप्त गरेर व्युटिपार्लर संचालन गरि व्यवसायतर्फ उन्मुख भई आर्थिक अवस्थामा पनि आत्मनिर्भर हुने उनीहरुको उद्देश्य छ । सधैं श्रीमान् तथा बुवा, भाईसँग पैसा माग्ने महिला तथा किशोरीहरु व्युटिसियन तालिम सिकेर आय आर्जन गर्नुका साथै आफ्नो परिवारलाई आर्थिक कार्यमा पनि सघाउने उनीहरुको उद्देश्यको तालिममा सहभागी किशोरी जमुना चौधरीको भनाई छ ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश