CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

नवविवाहिता महिलाहरुले पतिको दीर्घायु तथा कुशल दाम्पतीय जीवनको कामना गर्दै वट सावित्री पर्व मनाउदै

फेटा GP PSA
1,915
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार ठाकुर, सिरहा ,जेष्ठ २१।।  सिरहालगायत प्रदेश नं.२ का विभिन्न जिल्लाहरुमा पतिको रक्षा र लामो आयुको कामना गर्दै धुमधाम र श्रद्धापूर्वक बट सावित्री पर्व मनाएका छन । सिरहा सदरमुकामका ग्रामीण क्षेत्रमा सोमबार बिहानै देखि व्रतालु महिलाहरू वरको रूख घेरेर पूजा गर्न तल्लीन थिए । शृंगारयुक्त महिलाहरू बट वृक्षमा विवाहको लगनगाँठोको प्रतीक मंगलधागो बेर्दै, वृक्षलाई सुम्सुम्याउँदै, अँगालो हाल्दै र हाते पंखा फिरफिर घुमाउँदै बटवृक्ष (बरको रूख) पूजा गर्दै बट सावित्री पर्व मनाए छन ।

नवविवाहिता महिलाहरुले पतिको दीर्घायु तथा कुशल दाम्पतीय जीवनको कामना गर्दै विशेष रुपले वट सावित्री पर्व मनाउने गर्दछन्। प्रत्येक वर्ष जेठ महिनाको आमावश्या तिथिका दिन मनाइने वट सावित्रीको पूजाका लागि व्रतालु महिलाहरु नयाँ पहिरनमा सजिएर वर र पिपलको रुखमुनि सामूहिक रुपमा बसी विधिपूर्वक पूजा गर्ने परम्परा छ ।
बट वृक्षलाई मैथिलीमा वर अर्थात् दुलाहा पनि भनिन्छ । मिथिला संस्कृतिमा पतिलाई देउताका रूपमा पूजा गर्ने परम्परा पुरानो हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

प्रत्येक वर्ष जेठ महिनाको आमावश्या तिथिका दिन मनाइने वट सावित्रीको पूजाका लागि व्रतालु महिलाहरु नयाँ पहिरनमा सजिएर वर र पिपलको रुखमुनि सामूहिक रुपमा बसी विधिपूर्वक पूजा गर्ने परम्परा छ । सोमबार बिहानै देखि यो पर्व मनाउनेको घुइँचो प्रदेश नं.२ को भगवती मन्दिर, राम मन्दिर, राधाकृष्ण मन्दिर र नगर आसपासका वरका रूखमुनी लाग्यो । उनीहरूले बट वृक्षलाई विधिपूर्वक पूजाअर्चना गरे । पर्वमा पार्वती, सावित्री र नागको पनि पूजा गरियो ।

Karaiya Mai Notice Winter

तराई मधेसका महिलाहरु किन मनाउछ सावित्री पर्व
धार्मिक ग्रन्थका अनुसार सावित्रीले मृत पति सत्यवानको पुनर्जीवनका लागि बट वृक्षको पूजा गरेकी थिइन् । व्रतालु महिलालाई वरकै रूखमुनी पन्डित, रूपकान्त मिश्रले वट सावित्रीको कथा सुनाएर । पतिको लामो आयुसँगै यो पर्व प्रकृति पूजाका रूपमा पनि लिने गरिएको ब्रतालु महिला सिरहा जिल्लको मिर्चैया नगरपालिका वडा नं.६,गणेशटोल की रोशनी साहले बताउँ छिन् । वरको रूखको पूजा गरिनुपर्छ भन्ने मान्यता रहेकाले वरको रूख रोप्नुपर्छ भन्ने सन्देश पनि दिएको छ ।

मैथिल समुदायमा खासगरी ब्राह्मण, कायस्थ, व्यास, स्वर्णकार लगायतका जातिका महिला विवाहको पहिलो वर्ष विशेष विधिअनुसार यो पर्व मनाउने गर्छन । यस पर्वलाई ‘बरसाइत’ पर्व पनि भन्ने गरिन्छ । यो पर्व मनाउनका लागि बेहुलीका लागि घरबाट नयाँ बस्त्र, प्रसादका लागि मिठाई, चना, माटोको कलात्मक रुपमा बनाइएका नागनागिनी, बाँसको पङ्खा, टोकरीलगायतका साथै भोजनका लागि चामल, च्यूरा, दहीलगायतका सामग्री कोसेलीका रुपमा पठाउने गरिन्छ ।

व्रतालुहरू बिहानै जलाशयहरूमा नुहाएर निराहार बसी बट सावित्रीको पूजामा सहभागी भएका थिए । बट सावित्री पर्व सम्पन्न यसैगरी प्रदेश नं.२ का मैथिली महिलाहरुको प्रमुख पर्व बट सावित्री पर्व मंगलबार मिथिलाञ्चलभरि धुमधामका साथ मनाइएको छ । पतिको दीर्घायुको कामना गरिने पर्व भएकाले महिलाहरू बट सावित्री पर्वमा वरको रूखनजिक विशेष पूजा गर्ने गर्छन् । सो दिन वरको रूख, नागनागिन र सोमाधोविनको पूजा गरिने परम्परा रहेको छ । यस दिन महिलाहरूले सावित्री र सत्यवानको कथा पनि श्रवण गर्ने गर्छन् ।

यो कथामा सावित्रीले आफ्नो तपस्याद्वारा पति सत्यवानलाई बचाएका थिए । बट साबित्रीका दिन अनुन खाने चलन मिथिलामा रहेको छ । यस पर्वको अवसरमा ईलका प्रहरी र्कायकल मिर्चैयामा रहेको वरको रूखनजिक पूजा गर्नेहरूको भीड लागेको छ । नवविवाहित महिलाको घरमा यसदिन विशेष उत्सव हुने गर्छ । यस दिन नव विवाहित महिलाका ससुराबाट पाहुर पनि आउने गर्छन् ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश