CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

सुरक्षित सिराहा , भयमुक्त सिराहा’ नारालाई सुरक्षा दिने : प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी

फेटा GP PSA
1,865
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा, सिरहा,जेष्ठ २१ ।।  जिल्ला प्रहरी कार्यालय सिराहामा हालै हाजिर हुनुभएका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले ‘सुरक्षित सिराहा , भयमुक्त सिराहा’ नारालाई सार्थकता दिने उद्देश्यका साथ आफूूूूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।चार दिन अघि मात्र सरुवा भएर सिराहा आएका उनले कार्यालयमाा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन ।

आफूले पाएको जिम्मेवारी वहन गर्न कुनै कसर बाँकी नराख्ने तथा मातहतका निकाय तथा प्रहरीसमेत चुस्त दुरुस्त रुपमा जनताको सुरक्षाका लागि परिचालित रहने बताउँदै एसपी चतुर्वेदीलेभने ‘‘सुरक्षित सिराहा, भयमुक्त सिराहा’ नारालाई सार्थकता दिने उद्देश्यका साथ काम गर्ने मेरो प्रतिवद्धता छ, यसमा आम जिल्लावासीको सहयोग र सहकार्य आवश्यक छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश
Karaiya Mai Notice Winter

जिल्लामा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न एवम अपराध नियन्त्रण गर्न र स्थानिय तहहरुबाट गरिने विकासको काममा बाधक बन्ने तत्वलाई कुनै पनि हालतमा छुट नदिने बताए । शान्ति सुरक्षा र अपराध नियन्त्रणको विषय सम्झौताहिन विषय भएकोले यसमा गलत मनसायले कसैसँग सम्झौता गर्न नसक्ने भन्दै त्यस्ता तत्वहरुलाई सचेत रहन चेतावनी दिए ।

प्रहरीलाई प्रभावकारी रुपमा परिचालन गरी जिल्लामा घटित अपराधको निश्पक्ष, न्यायिक एवम् वैज्ञानिक अनुसन्धान गर्ने, सीमा अपराधलाई न्युनिकरण गर्दै साना तथा अवैध हातहतियारको कारोबार नियन्त्रण गर्ने, भारतीय नम्बर प्लेटका सवारी साधन कानुन उल्लंघन गरी प्रयोगमा ल्याइएको पाइए कानुनी दायरामा ल्याउने, भुमिगत समुहको नाममा हुने अपराध, ठगी, तस्करी, लागु औषध विरुद्ध सशक्त कारवाही गर्ने तथा सामुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई सघन रुपमा अघि बढाइने लगायतका योजनाहरु समेत एसपी चतुर्वेदी सार्वजनिक गरे ।

प्रहरी कार्यालयलाई चाहिने जनशक्ति, भौतिक पुर्वाधार र साधन श्रोतको कमी भएको चर्चा गर्दै त्यसका बाबजुद पनि प्रहरीले भ्याएसम्म शान्ति सुरक्षाका लागि अहोरात्र खट्ने उनले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा पत्रकारहरुले नव आगन्तुक एसपी शुभकामना दिँदै सफल कार्यकालको कामना गरेका थिए ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश