CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

देशका लागि जनता, जनताका लागि को ?

फेटा GP PSA
1,535
सिम्रौन्गढ़ नपा psa

प्रभु यादव, बारा ।।  देशका लागि जनता दिनरात खुन पसिना बगाई कामगरी देश चलाउन करदिन्छन तर जनताका लागि हाम्रो देशमा कोहि कार्य नगरी उल्टै ज्यान नै लिरहेका छन् भन्ने बारेमा बिहान बेलुका बुद्धिजीवी वर्ग तथा जानकार हरु चिया चर्चाको विषय बनाइ रहेको बेलामा मधेश जनबिद्रोह समिति भन्ने नाम गरेकोले समाजमा बिभिन्न रचनात्मक तथा जनचेतना मुलक कार्यक्रम गरि बिद्रोह गरि रहेका छन् ।

मधेशी जनताको अधिकारका लागि आफ्नो ज्यानको बलिदानी दिएका हिफाजत मियाको परिवारजन लाइ हिजो इद उलफितको दिन मधेश जनविद्रोह समिति द्वारा सहीद परिवार लाइ सहयोग गरिएको छ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
सुवर्ण gp psa
आदर्श कोतावल सामाजिक संदेश

मधेश जनविद्रोह समितिले हरेक चाड पर्वमा हरेक वीर सहिद हरुको परिवार जनमा पुगी दु:ख शुख बढ्नुको साथै सम्बन्धित पर्वमा लाग्ने सामग्रीहरु तथा लत्ता कपडा,र केहि नगद प्रदान गरि सहयोग गर्ने गरेका छन् । सोहि क्रममा हिफाजत मिया मुश्लिम भएको हुनाले हरेक वर्ष मुस्लिम धर्मावलम्बी हरुको पर्व हरुमा पर्वको सम्बन्धित सामग्रीहरुको साथै नगद (३,०००) तीन हजार प्रदान गरि सहयोग गरेका छन् ।

Karaiya Mai Notice Winter

यो भ्रष्ट र रावण रुपी गुण्डा नेता जसले जनताको कुनै वास्ता नगरी सयौ जनता लाइ हत्या र हजारौ जनतालाई बेपत्ता बनाइ आफ्नो स्वाथामा लागेका सबै पार्टि लाइ तह लगाउनु पर्छ अन्यथा हाम्रा नेपालि यस्तै यिनीहरुको जालमा परि ज्यानको आहुति दिनु पर्छ भन्ने कुरा समाजमा समितिले संदेश दिदै हिडेका छन् ।

उनीहरुको जालमा परि ज्यान गुमाएको घरमा के कस्तो महसुश हुन्छ भन्ने बारेमा कुनै नेताले पर्वका दिन कसैले जाने गरेका हुदैन्, तर हरेक पर्वमा सबैले आ-आफ्नो घरको कामकाजमा व्यस्त रहेको हुन्छ, तर जसको घरको दिव्य ज्योति नै गुमेको हुन्छ उसलाई हरेक चाड पर्वमा नै धरधरी रुवाएको हुन्छ , सोहि कुरालाई मध्य नजर गरि हाम्रा देशका लागि ज्यान गुमाउने लाइ हामिले नै नहेरे कसले हेर्ने हो भन्ने भावना आम जनतामा पनि होस् भन्ने मूल उदेश्यका साथ् समितिले यस्ता कार्य गरि रहेका छन्।

बारा जिल्ला कलैया उप-महानगरपालिकाका हिफाजत मिया मधेशी जनताको अधिकारका लागि २०७२ को मधेश आन्दोलनमा आफ्नो ज्यानको आहुति दिएका हुन् । उनका परिवार जान संग बुझ्दा नेताहरुले गरेको बाचा हरु मध्ये केहि नगरी आ-आफ्नो स्वार्थमा मात्र लिप्त रहेको गुनासो गरेका छन् ।

 समितिले यसका साथै विश्व पर्यावरण दिवशको अवसरमा परवानीपुर गाँवपालिका वड़ा न, ५ बहुअरिमा अवस्थित शहहिद वाटिकामा  “गाछ बृक्ष लगाई धरती आ पर्यावरण बचाई” भन्ने मुल नाराका साथ् वृक्षारोपण गरेका छन्। कार्यक्रममा मधेश जनविद्रोह समितिका केंद्रीय सदस्य अजय पटेल, सदस्य गणेश साह, मनोज दास, धर्मेश पटेल, अनेश पटेल, सञ्चारकर्मी नन्दकिशोर गिरी, मनोज गुप्ता, मुन्ना ठाकुर, उमेश कुशवाहा लगयत उपस्थिति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश