CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

देशैभरका रोट्रयाक्टरहरु आउँदो जेठ ३२ जमघट हुने

फेटा GP PSA
773
सिम्रौन्गढ़ नपा psa
दिपु वर्णवाल, काठमाडाैं // आउँदो जेठ ३२ गते शनिबार काठमान्डौंमा १२ औं रोट्रयाक्ट डिस्ट्रिक्ट क्लब एसेम्ब्ली र रिकग्निसन सेरेमोनीमा देशैभरका रोट्रयाक्टर भेला हुने भएका छन्। रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ मा नेपाल र भुटान पर्छ जसमा १३ वटा जोन छन्। जसमा १२५ वटा रोट्रयाक्ट क्लब रहेका यसमा देशभरका १८ देखि ३० वर्षसम्मका युवा सहभागी हुनेछन्।
नयाँ कार्यकालमा योजना तर्जुमा, कार्यक्रम लगायत विषयमा तालिम दिइने आयोजकले बताएको छ। क्लबका अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष लगायत सेसन सञ्चालन हुने र रोट्रयाक्टमा आबद्ध हुन चाहनेका लागि पनि विशेष सत्र सञ्चालन गरिने क्लबले जनाएको छ।
देशैभरका रोट्रयाक्टरहरु जमघट हुने यस कार्यक्रममा रमाइला मनोरन्जनका गतिविधि तथा व्यापारिक र व्यवसायिक जानकारी पनि दिइने कार्यक्रम आयोजकले बताएका छन्। नयाँ कुरा सिक्न, रमाइलो गर्न र देशभरिका रोट्रयाक्टरसँग चिनजान र भेटघाट गर्न, यस डिस्ट्रिक्ट क्लब एसेम्ब्ली र रिकग्निसन सेरेमोनी एउटा राम्रो अवसर भएको बताउँछिन् रोट्रयाक्ट क्लब अफ काठमान्डौ मिड टाउनकी अध्यक्ष सुष्मा श्रेष्ठ।
उनले सबै रोट्रयाक्टलाई यो अवसरमा जोडिन आग्रह गरिन्। त्यसैगरी आयोजनाको मुख्य उद्देश्य नेतृत्व क्षमता बढाउने भएको बताउँछन् रोट्रयाक्ट क्लब अफ कोपुण्डोलका अध्यक्ष पुष्प श्रेष्ठ। यस वर्षको पहिलो रोट्रयाक्ट कार्यक्रम भएकाले यसका वार्षिक कार्यक्रम, योजना तथा लक्ष्यबारे जानकारी पनि उनले बताए। त्यस्तै रोट्रयाक्ट क्लब अफ चन्द्रागिरिका अध्यक्ष सुमी राजभण्डारीलगायतले कार्यक्रममा उत्साहपूण सहभागिता जनाइदिन सबैलाई स्पट पारेका थिए।
Karaiya Mai Notice Winter
परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश