बीरगंज // जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत कार्यालय पर्साबाट खटिएको टोलीले बिभिन्न सरसामान हरु बरामद गरेका छन् ! गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्न गएको टोलीले सरसामान हरु बरामद गरको जिप्रका पर्साले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ !
खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बीरगंज महानगरपालिकाको बिभिन्न स्थानमा प्रहरी टोलीलाई देखी वेवारिसे अवस्थामा फाली भगेको जनाइएको छ ! थानको कपडा ३ थान, कुर्ता सुरुवाल ९ थान, फिटकिरी १ किलो, हिमगंगे तेल १ पोका, दालमुठ ७ प्याकेट, हाईड्रो १० पिस, गुल ६ प्याकेट, वेसार धुलो १५ किलो, खुर्सानी धुलो १५ किलो, अन्डर वेयर १०२ पिस, सर्ट पाईन्ट १२ थान, लेडिज लहङ्गा ३ थान, साडी २ थान, सेन्डो २६ पिस र मरिच १ बोरा समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागी बीरगंज भंसार कार्यालय बुझाएको जनाएका छन् ।
त्यस्तै हिजो साझ अन्दाजी ५.४० बजे खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा जि.पर्सा बी.म.न.पा.वडा नं.१५ अलौ स्थितबाट अ.३० के.जी.सुर्ती बरामद गरी आवश्यक अनुसन्धान भइरहेको जनैएको छ ।
त्यस्तै राति करिब ९ बजेको समयमा हरी चौकी गण्डक पर्साबाट खटिएको प्रहरी टोलीले जि।पर्सा बी।म।न।पा।वडा नं।(१४ गण्डक चेकपोष्ट स्थितबाट पापड २५ पोका अ.रु.७५,०००।– बराबरको नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालय बुझाइएको जनाइएको छ ।