CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

कालिगण्डकी गाउँपालिकामा मैनबत्ती बनाउने तालिम सम्पन्न

Pheta Chhath Shubhakamana
1,101
Bara Gadhi Notice winter

गुल्मी //  गुल्मीको कालिगण्डकी गाउँपालिकामा मैन निकाल्ने तथा मैनबत्ति बनाउने तालिम सम्पन्न भएको छ । आशा अपाङ्ग केन्द्र तम्घासको आयोजनामा, सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखा, प्रदेश नं ५ बुटवल रुपन्देही र कालिगण्डकी गाउँपालिकाको सहयोगम अपाङ्गगता भएका व्यक्तिहरुको शशक्तिकरण तथा क्षमता विकास कार्यक्रम अन्र्तगत मौरीको मह निकालिएको चाकाबाट मैन निकाल्ने तथा मैन बत्ति बनाउने तालिम सम्पन्न गरिएको हो ।

आशा अपाङ्ग केन्द्रकी उपाध्यक्ष गंगा रायमाझीको अध्यक्षता रहेको कार्यक्रममा कालिगण्डकी गाउँपालिकाका अध्यक्ष वेद बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गदै गाउँपालिका अध्यक्ष थापाले तालिम अत्यन्तै उपयोगी भएकाले व्यहारमा उत्र्तान सहभागीहरुलाई आग्रह गरेका थिए । थापाले अपाङ्गगता भएकाहरुका लागि आशा अपाङ्ग केन्द्रले खेलेको भुमिका अत्यन्तै प्रभावकारी भएको बताउँदै यस केन्द्रसँगको सहकार्यमा विभिन्न कार्यक्रम अगाडि बढाउने उल्लेख गरे ।

Karaiya Mai Notice Winter

तालिमको समापन कार्यक्रमलाई गाउँपालिकाका उपाध्यक्ष तारा थापा,प्रमुख प्रशासकिय अधिकृत बाबुराम पल्ली मगर,कार्यपालिका सदस्य,प्रत्येक वडाका वडाअध्यक्षहरु लगायत सम्बोधन गदै तालिम प्रभावकारी रहेको बताएका थिए ।
तालिममा सहभागी प्रशिक्षार्थी रामु बिशिले सीपमूलक कार्यक्रमहरुलाई प्रत्येक वडातहमा पुर्याउनुपर्ने बताएका थिए । उनले भौगोलीक अवस्थाका कारण वडातहमै यस्ता तालिमको आयोजना गरे अझ सहभागिता प्रभावकारी बन्ने बताएका थिए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८

तालिमको प्रशिक्षकमा हिमा थापा, डम्मर गिरी, अमृत रसाइली रहेका थिए । तालिममा कालिगण्डकी गाउँपालिकाका ७ वटै वडाबाट प्रतिनिधित्व हुने गरी नेपाल सरकारबाट ‘ग’ र ‘घ’मा वर्गीकरण गरिएका अपाङ्गग्ता भएकाहरुको सहभागीता रहेको थियो ।भने सहागीहरुले तालिमका क्रममा बनाएको मैनबत्ति बालेर समापन गरिएको थियो ।कार्यक्रमको सञ्चालन आशा अपाङ्ग केन्द्रका सुरेश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो।

Baiju sah