CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
देवताल psa

सिरहामा भन्सार छली गरेर नेपाल तर्फ ल्याउदै गरेको सामानहरु बरामद

फेटा GP PSA
1,077
सिम्रौन्गढ़ नपा psa

गणेश कुमार शर्मा
सिरहा,असार २ गते । जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १६ पेट्रोलपम्प स्थितमा प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरी टोलिले शंका लागी यात्रुबाहक बसलाई चेकजाँच गर्दा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको लताकपडा अन्दाजी पन्ध्र हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय सिरहामा बुझाइएको ।
त्यसै गरी जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. ७ स्थितमा प्र.ना.उ. को कमान्डमा खटिइएका प्रहरी टोलिले स.२ प.५१९८ नं. को मो. सा. शंका लागी चेकजाँच गर्दा किट सेट १ पिस, डिजल फिलटर ३ पिस, हाईड्रोलिक पम्प फिलटर १ पिस, मोविल फिलटर १ पिस, ऋच्द्य बुस ६ पिस, सुलेसन २ पिस, ऋच्द्य बाइरिङ्ग १ पिस, १० लिटर मोविल, अन्दाजी चौबिस हजार तिन सय साठी बराबरको सामान पक्राउ गरोको छ । सिरहा नगापालिका वडा नं. १७ स्थितमा इलाका प्रहरी कार्यालय माडरबाट खटिइएका प्रहरी टोलिले सुरुवाल ६ पिस, सल ३ प्याकेट, हाप पाइन्ट २ पोका, फराक २० पोका, सेन्डो गंजी १ पोका, बच्चाको तयारी सुट ५ पिस, अन्दाजी पैतालिस हजार पाँच सय बराबरको सामान पक्राउ गरी, आवश्यक कारवाहीका लागी जिल्ला भन्सार कार्यालय माडर सिरहामा बुझाइएको । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता एवं सूचना अधिकारी (डिएसपी) अपिल राज बोहरनले बताएका छन ।

Baiju sah