CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
जितपुरसिमरा समाजिक संदेश
देवताल psa

ईलाका प्रहरी कार्यालय रङगेलीको कार्यालय भवन उद्घाटन

फेटा GP PSA
889
सिम्रौन्गढ़ नपा psa

उषा सरदार ,बिराटनगर

Karaiya Mai Notice Winter

ईलाका प्रहरी कार्यालय मोरङ रङगेलीको हाता भित्र निर्माण सम्पन्न भएको कार्यालय भवनको आज एक बिशेष समारोहका विच कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले बिधिवत् रुपमा समुद्घाटन गर्नु भएको छ । २ करोड ३२ लाख १८ हजार ५१३ रुपैयाँको कुल लागतमा निर्माण सम्पन्न भएको उक्त भवन २०७४ साल फाल्गुन १५ गते देखि निर्माण शुरु भएको थियो । नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण सम्पन्न भएको उक्त भवनमा कार्यालय प्रमुख कक्ष, महिला तथा पुरुष हिरासत कक्ष लगायत सुबिधा सम्पन्न १९ कोठाहरु रहेका छन् । कार्यालय भवनको समुद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथी प्रदेश प्रहरी प्रमुख रिजालले सुबिधा सम्पन्न भवन निर्माण संग संगै कार्यालयमा आउने सेवाग्राहीहरुलाई सहज र सरल वातावरणमा सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्दैशन दिनु हुँदै नागरीकको सहकार्यबाट मात्रै समाजमा शान्तिसुरक्षा अमनचयन कायम हुने हुँदा शान्ति सुरक्षा कायम गर्ने प्रयासमा सघाउन नागरिक समाजसंग आग्रह गर्नु भएको थियो । वहाँले उच्च मनोवल र स्वच्छ भावनाका साथ काम गर्ने हो भने शान्ति सुरक्षामा कुनै पनी चुनौती आई नपर्ने धारणा ब्यक्त गर्दे प्रहरीको काम कारवाही र उनीहरुको दैनिकीका बारेमा स्थानीय तहका नेतृत्वकर्ताले समेत अभिभावकीय भूमिका निर्वाह गर्न सक्ने हुँदा उनीहरुको कार्य सम्पादनमा सहजता ल्याउन स्थानीय तहका नेतृत्वकर्तासंग आग्रह गर्नु भयो । कार्यक्रममा रङगेली नगरपालिकाका प्रमुख लगाएत अन्य वक्ताहरुले आ-आफ्नो धारणा राख्नु हुँदै नागरिकको सेवामा २४ सै घण्टा खटिने नेपाल प्रहरी उचित गाँस बासको ब्यबस्थासंगै आफैमा सुबिधा सम्पन्न भएमा मात्र छिटो, छरितो र पारदर्शी तवरले कार्य सम्पादन गर्न सक्षम हुने र नागरिकले पनि सुरक्षाको अनुभुती पाउने हुँदा कार्यालय संचालनको लागि सुबिधा सम्पन्न भवन निर्माण भई समुद्घघाटन भएकोमा खुशी ब्यक्त गरेका थिए । कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रहरी बरिष्ठ उपरीक्षक शरद कुमार खत्रीले उपस्थित प्रमुख अतिथी लगायत सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरीको काम कारवाहीमा सबैको साथ र सहयोगको जरुरत पर्ने हुँदा प्रहरी र नागरिक एक अर्कामा परिपूरक भएर काम गर्ने हो भने मात्र अपराध मुक्त समाज निर्माण भई हरेक नागरिकले सुरक्षित रहेको महशुस गर्नेमा आफु बिश्वस्त रहेको बताउनु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथी लगायत उपस्थित अतिथीगणहरुले कार्यालय परिसरमा बिभिन्न जातका बिरुवाहरु रोपी बृक्षारोपण समेत गर्नु भएको थियो । कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, बिभिन्न स्थानिय तहका प्रमुख तथा प्रतिनिधीहरु, संचारकर्मीहरु, स्थानीय व्यवसायी, नागरिक समाजका अगुवाहरु, महिला अधिकारकर्मी, स्थानीयवासी लगायत करिव ३०० जनाको उपस्थीति रहेको थियो ।

परवानीपुर समाजिक संदेश
कोल्हवी समाजिक संदेश