CIN Nepal (BSN)
Ultimate magazine theme for WordPress.
Mukhyamantri Yojana
Devatal Chhath

जिल्ला स्वास्थ्य कार्यालयले जनकपुरका ११ औषधी पसलमा सिलबन्दी

Pheta Chhath Shubhakamana
991
Bara Gadhi Notice winter

 

Karaiya Mai Notice Winter
कुलदिप दास (प्रेम) जनकपुरधाम ।।  जिल्ला स्वास्थ्य कार्यालयले जनकपुरका ११ औषधी पसलमा सिलबन्दी गरिएको छ । अनुगमनको क्रममा मापदण्ड विपरित संचालित औषधी पसलहरु टोलीले बुधवार सिलबन्दी गरेको हो । जनकपुर अंचल अस्पताल वरिपरि अनुगमन गर्दा कानून लत्याएर संचालनमा रहेका ११ औषधी पसल सिलबन्दी गरिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत दिपेन्द्र रामले जानकारी दिए ।
उनका अनुसार आरुषी मेडीकल हाँल, आमना क्लिनिक, आभाष मेडीकल हाँल, महेन्द्र मेडिकल हाँल, निलु फार्मेसी, मिरा औषधि केन्द्र, राम मेडीकल हाँल लगायतका औषधी पसल सिलबन्दी गरिएको छ । खोप अधिकृत रामले तत्काल २० दिनका लागि औषधी पसलहरु सिलबन्दी गरिएको बताए । उनले २० दिनभित्र प्रक्रिया पुर्याउन निर्देशन दिएको र पालना नगरी संचालनमा ल्याए कानून बमोजिम कारबाही गर्ने बताए ।
कतिपय औषधी पसल अनुमती लिएपनि बिल नदिने गरेको र बिलमा ब्याच नम्बर तथा अन्तिम मिति उल्लेख नगर्ने गरेको पाइएकोले पनि पसल सिलबन्दी गरिएको उनले भने । औषधी पसल संचालनको मापदण्ड पुरा गर्न पटक पटक यसअघि नै स्वास्थ्य कार्यालयले आग्रह गरेका थिए । तर औषधी पसलका संचालकहरु अटेरी गरेपछि अनुगमन गरी कारबाही सुरु गरिएको छ । अनुगमन गर्न पुग्दा दर्जन बढी औषधी पसल बन्द गरेर संचालकहरु फरार भएका थिए ।
Baiju sah